नेपालगञ्जका मेयर राणाद्वारा मतदान बहिष्कार | Khabarhub Khabarhub

नेपालगञ्जका मेयर राणाद्वारा मतदान बहिष्कार


१७ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँकेको नेपालगञ्ज उपमहानगरपालिका प्रमुख धवल शमशेर राणाले राष्ट्रियसभाको उपनिर्वाचन बहिस्कार गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्यको उपचुनाव आफ्नो प्राथमिकतामा नपरेको भन्दै मतदान नगर्ने जनाएका हुन् ।

कोरोना महामारीसँग जुध्ने अहिलेको प्राथमिकता भएको भन्दै उनले मतदानमा भाग नलिने निर्णय लिएको बताए ।

उनले लेखेका छन्, ‘लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्यको उपचुनाव मेरो प्राथमिकतामा परेन । अहिलेको पहिलो कर्तव्य कोरोनासँग जुध्ने रहेकाले कांग्रेस, एमाले र माओवादीको यो अवस्थामा भइरहेको जुधाइलाई मैले मतदान गर्न नसक्ने निर्णय गरेको छु ।’

राणा राप्रपाबाट नेपालगञ्जको मेयर चुनिएका हुन् । वाग्मती प्रदेशमा भएको उपनिर्वाचनमा राप्रपाले एमाले ओली समूहका उम्मेदवार रामबहादुर थापा (बादल)लाई समर्थन गरेको थियो ।

लुम्बिनी प्रदेशको उपनिर्वाचनमा राप्रपाले ह्वीप जारी गरेको छैन । नेपालगञ्जका मेयर राणाले पार्टीबाट कुनै निर्देशन र निर्णय नआएको बताए ।

माओवादी केन्द्रबाट विजयी अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा रिक्त भएको एक पदका लागि लुम्बिनी प्रदेशमा आज उपचुनाव भइरहको हो ।

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  १ : ४२ बजे

आम जनता र समाजवादी जनएकताबीच एकीकरण

काठमाडौं– आम जनता पार्टी र समाजवादी जनएकता पार्टी नेपालबीच एकता

‘लगानी सम्मेलन तयारी उत्कृष्ट छैन, नपुगेको पनि हैन’ : खतिवडा

काठमाडौं – पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकमा लगानीमैत्री वातावरण बनाउन

भारतका दुई मसाला ब्राण्डमाथि अमेरिकामा पनि अनुसन्धान शुरू

एजेन्सी – हङकङ र सिङ्गापुरमा बिक्री प्रतिबन्ध लागेको भारतीय दुई

इलाममा ६८ प्रतिशत मतदान

इलाम – इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका

वेस्ट इन्डिज ‘ए’ माथि नेपालको शानदार जित

काठमाडौं–  नेपालले वेस्ट इन्डिज ए माथि शानदार जित हासिल गरेको