गुल्मी- गुल्मीको इस्मा गाउँपालिकाका–१ स्थित मल्दी गाउँमा दुई महिलासँग अनैतिक सम्बन्ध राखेको आरोपमा नेपाल प्रहरीका असई र जवान दुई जना निलम्बनमा परेका छन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार स्थानीय हस्तीचौर प्रहरी चौकीका प्रमुख असई बिष्णु गाह र प्रहरी जवान वीरेन्द्र केसी निलम्बनमा परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेका अनुसार प्रहरी आचरण विपरित क्रियाकलाप गरेको पाइएकाले उनीहरुलाई निलम्बन गरिएको हो ।
डीएसपी पाण्डेले भने, ‘हामीले अहिले उनीहरुलाई निलम्बन गरेर घटनाको अनुसन्धान गरिरहेका छौँ, अनुसन्धानको म्याद ६ महिना सम्म पनि हुन सक्छ वा त्योभन्दा बढी पनि हुन सक्छ । त्यतिञ्जेल सम्म उनीहरुले आधा तलव पाउने गरि र रासन नपाउने गरि निलम्बन गरिएको छ ।’
जेठ ७ गते राति आपत्तिजनक अवस्थामा फेला परेको भन्दै स्थानीयले उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका थिए । स्थानीयले सो क्रममा दुबै जनामाथि निर्घात कुटपिट समेत गरेका थिए ।
प्रतिक्रिया