राष्ट्रिय जनगणनाको तयारी तीव्र | Khabarhub Khabarhub

राष्ट्रिय जनगणनाको तयारी तीव्र


१८ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय सरोकार समितिले राष्ट्रिय योजना आयोग र तथ्याङ्क विभागसँग आगामी जनगणनाको लागि भइरहेको तयारी र हालसम्मको कार्य प्रगतिबारे जानकारी लिएको छ ।

समितिले गणकलाई प्रत्येक घरदैलोमा पुगेर वास्तविक तथ्यका आधारमा तथ्याङक सङ्कलन गर्ने कार्यमा कुनै कमी कमजोरी हुन नदिन आयोग र विभागको गम्भीर ध्यानाकर्षण गराएको छ । सरकारले आगामी जेठ २५ देखि असार ७ गतेसम्म बाह्रौँ राष्ट्रिय जनगणना गर्दैछ ।

समितिको आजको बैठकमा सदस्यहरुले खासगरी बसाइँसराइ र विभिन्न पेशा व्यवसायमा संलग्न हुने सिलसिलामा शहर र विदेशमा जाने नागरिकको दोहोरो गणना हुनसक्ने सम्भावनालाई समयमै होस् पुर्‍याउन सुझाव दिए ।

जनगणनामा शिक्षा, पेशा, बसाइँसराइका अतिरिक्त विदेशमा रहेका नेपाली र नेपालमा रहेका विदेशीको पनि गणना हुन आवश्यक रहेको बताउँदै उनीहरुले सही तथ्याङक सङ्कलन गर्न गणकहरु प्रत्येक घरमा पुगे नपुगेको अनुगमन गर्ने प्रणालीसमेत आवश्यक रहेको उल्लेख गरे ।

जनगणनाको स्थलगत तथ्याङ्क सङ्कलन गर्न ३९ हजार गणक तथा आठ हजार सुपरिवेक्षक परिचालन गरिने सो अवसरमा जानकारी दिइयो ।

सङ्घीयता, गणतन्त्र र धर्मनिरपेक्षताको संस्थागत विकास गर्ने बलियो आधार जनगणना भएको हुँदा सही तथ्याङ्क सङ्कलन गर्न सक्नुपर्छ भन्दै सदस्यहरुले सामाजिक रुपान्तरणका लागि कुप्रथाको जड र केन्द्रविन्दु मानिएका विषय पत्तालगाउने गरी फारम विकास गर्न सुझाव दिए ।

कर र राजश्वलगायतका कारणले सही सूचना नदिने पाटोमा सुधार गर्दै जनगणनामा सबैलाई सहभागिताका लागि प्रेरित गर्न सु्झाव दिए । महिलाले घरभित्र गरेका कामको मूल्यको गणना हुन आवश्यक रहेको बताउँदै उनीहरुले मुलुकभर सेवा क्षेत्रमा भएको विस्तारको अवस्था कस्तो छ भन्ने कुरा पनि जनगणनामा आओस् भनेका थिए ।

नेपालले प्रत्येक १० वर्षमा राष्ट्रिय जनगणना गर्दै आएको छ । प्रत्येक वर्ष असार ८ गतेलाई जनगणना दिवसका रुपमा मनाउने गरिन्छ । यस वर्षको जनगणनाको मूल नारा मेरो गणना : मेरो सहभागिता रहेको छ ।

योजना आयोगका सदस्य डा रामकुमार फुयाँलले राष्ट्रको विकास र समृद्धिको अभियानलाई अघि बढाउन ठिक तथ्याङ्क आवश्यक पर्ने भएकाले राष्ट्रिय जनगणनामार्फत सही तथ्याङ्क सङ्कलन गर्न आयोगले भगिरथ प्रयत्न गर्ने दृढता व्यक्त गरे ।

तथ्याङ्क विभागका महानिर्देशक नेवीनलाल श्रेष्ठले स्थानीयवासीलाई प्रोत्साहन गर्न रोजगारमा संलग्न नभएका युवायुवतीलाई प्राथमिकता दिने उद्देश्यले दरखास्त आह्वान गरी गणक परिचालन गर्न लागिएको बताए ।

उनले भने, “युवालाई गौरव बोध होस् भन्ने हेतुले विगतमा ९८ प्रतिशत शिक्षक परिचालन गर्दै आएकामा यस पटक ठिक विपरीत सोही प्रतिशत युवालाई गणनामा सहभागी गराउने व्यवस्था गरिएको छ ।”

शहरका उच्च वर्गको तुलनामा कम साक्षरता भए पनि दुरदराजका जनताले वास्तविक तथ्याङ्क उपलब्ध गराएर सहयोग पुर्‍याएको विगतको अनुभव सुनाउँदै महानिर्देशक श्रेष्ठले समाजका सवै तह र तप्कालाई राष्ट्रिय जनगणनामा सहभागी भई सहयोग पुर्‍याउन अपिल गरे ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ९ : ३५ बजे

डरत्राश देखाइ नाबालिकालाई वेश्यावृत्तिमा लगाएको आराेपमा दुई जना पक्राउ

काठमाडौं– नाबालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा दुई जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ

भारतको उत्तराखण्डमा डढेलो, बझाङका दुईजनाको मृत्यु

महेन्द्रनगर- भारतको उत्तराखण्डमा डढेलोमा परेर दुई जना नेपाली जनाको मृत्यु

विपद् व्यवस्थापनमा बजेट छैन भन्ने प्रवृत्ति अन्त्य गरौँ : गृहमन्त्री

काठमाडौं–  उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विपद् व्यवस्थापनमासमेत बजेट छैन

सशक्त प्रतिपक्षको भूमिका निर्वाह गराैँ, तत्काल सत्ताको फेरो समात्न आवश्यक छैन : नैनसिंह महर

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले वर्तमान अवस्थामा कांग्रेसले

रासायनिक विषादीको प्रयोग घटाउन ‘आइपिएम’ कृषक पाठशाला

म्याग्दी– कृषकलाई रासायनिक विषादी र मलको विकल्पमा प्राङ्गारिक विधिबाट खेती