महानगरका २२० विद्यालयमा लैङ्गिक शिक्षक अनिवार्य | Khabarhub Khabarhub

महानगरका २२० विद्यालयमा लैङ्गिक शिक्षक अनिवार्य


१८ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– भरतपुर महानगरपालिकाभित्र रहेका २२० विद्यालयमा लैङ्गिक शिक्षक अनिवार्य गरिएको छ ।

समाज र विद्यालयमा लैङ्गिक हिंसाका घटना बढ्न थालेपछि यसको अन्त्यका लागि लैङ्गिक शिक्षक राखिएको भरतपुर महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले जानकारी दिए ।

महानगरपालिकाभित्र रहेका सामुदायिक विद्यालय १२३ र संस्थागत विद्यालय ९७ वटामा नै लैङ्गिक शिक्षक राख्नका लागि पत्राचार गरिएको उनले बताए ।

हरेक विद्यालयमा रहेका महिला शिक्षकलाई लैङ्गिक शिक्षकका रूपमा तोकी प्रशिक्षण दिने कामसमेत गरिएको उनले बताए । उनले भने, “गत कात्तिकमा विद्यालयलाई पत्राचार गरी प्रतिनिधि तोक्न लगाई उनीहरूलाई प्रशिक्षण दिइएको छ ।”

प्रतिनिधिका रूपमा आएका शिक्षकले लैङ्गिक हिंसाका बारेमा जानकारी लिई त्यस विषयमा शिक्षक तथा विद्यार्थीलाई जानकारी गराउने र यसको निराकरणका लागि सहयोग पुर्याउने काम गर्ने उनले जानकारी दिए । उनले भने, “विद्यालयमा पनि लैङ्गिक हिंसाका घटना बढ्न थालेपछि समुदायसँगै विद्यालयमा यस्ता घटना घट्न नदिनका लागि शिक्षक तोकिएको हो ।”

विद्यालयमा हरेक किसिमका हिंसाका घटना नियन्त्रणका लागि लैङ्गिक शिक्षक राखिएको उनको भनाइ थियो । केही विद्यालयले लैङ्गिक शिक्षक नराखे पनि पुनः पत्राचार गरेर ध्यानाकर्षण गराउने काम गरिएको उनले बताए ।

भरतपुर महानगरका शैक्षिक प्रशासन महाशाखाका अधिकृत ऋषि शर्माले विद्यालयमा छात्रामाथि हुने अभद्र व्यवहारका घटना हुन नदिन नै लैङ्गिक शिक्षक राख्ने प्रणाली बसालिएको बताए । उनका अनुसार विद्यालयमा महिला शिक्षकलाई लैङ्गिक शिक्षक बनाउन निर्देशन दिइएको छ भने हिंसासँग सम्बन्धित तालिम प्रदान गरिएको छ ।

छात्रामाथि अपशब्द बोल्ने, गलत नियतले छात्रालाई छुने वा छुने प्रयास गर्ने, छात्राको नाम कुनै छात्र या अन्यसँग जोडेर जिस्काउने, खराब नजरले हेर्ने, गलत नियतले मोबाइलमा सन्देश पठाउने, बेञ्च वा भित्तामा एकअर्काको नाम जोडेर लेख्ने, कुदृष्टि राख्ने, अश्लील शब्दले बोलाउनेजस्ता क्रियाकलाप विद्यालयमा हुने हिंसा वा अभद्र व्यवहारभित्र पर्छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  १२ : २५ बजे

विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयले बजेट छुट्याउने 

धुलिखेल– बागमती प्रदेश सरकारका प्रवक्ता साथै आन्तरिक मामिला तथा कानुनमन्त्री

मैथली भाषामा फिल्म ‘लेबर’ बनाउँदै निर्देशक पूर्णेन्दु

काठमाडौं– विश्व मजदुर दिवसको अवसरमा मैथली भाषाको फिचर फिल्म ‘लेवर’

अर्थमन्त्री भन्छन् : आर्थिक शिथिलता कम हुँदैछ, तर ढुक्क हुने अवस्था छैन

अर्थमन्त्री वर्षमान पुन अनन्तले मुलुकको आर्थिक शिथिलता सुधार हुँदै गए

दक्षिणी चीनमा राजमार्ग भासिँदा १९ जनाको मृत्यु, दर्जनौं घाइते

बेइजिङ– दक्षिणी चीनको ग्वाङडोङ प्रान्तमा बुधबार राजमार्गको एक भाग भासिँदा

पशुपतिको विद्युत शवदाह अब निःशुल्क

काठमाडौं– पशुपति आर्यघाटस्थित विद्युत शवदाह आगामी साउन १ गतेदेखि निःशुल्क