सुगम र सोनाको ‘मेरो माया करोड’ | Khabarhub Khabarhub

सुगम र सोनाको ‘मेरो माया करोड’


१८ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक सुगम पोखरेल र गायिका सोना अमात्यको स्वरमा नयाँ गीत ‘मेरो माया करोड’ सार्वजनिक भएको छ। गीतमा दीपक शर्माको शब्द र संगीत तथा साहस शाक्यको सङ्गीत संयोजन छ।

भिडियोमा गायिका स्वयंले अभिनय गरेकी छन्। उनलाई सागर लम्साल ‘बले’ र गोभिन सिंह विस्टले अभिनयमा साथ दिएका छन्।

गम्भीर विष्टको निर्देशन रहेको भिडियोमा बुद्ध थापाको छायांकन, सुबोल थापाको सहायक निर्देशन, नवीन रिजालको सम्पादन र सुबम भुजेलको कोरियोग्राफी छ ।

गीतको भिडियो गायिकाको आफ्नै अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

गायिका सोनाले अभिनेता तथा गायक मदनकृष्ण श्रेष्ठसँग ‘पल पल’ गीतबाट संगीत यात्रा आरम्भ गरेकी हुन्। ‘म त खुल्ला छु’, ‘डाली चरी’, ‘किन आत्तिनु केलाई मात्तिनु’, ‘तिम्रो र मेरो सम्बन्ध’ लगायत सार्वजनिक गरिसकेकी छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  १० : ५५ बजे

भारतका प्रधान न्यायाधीश डा चन्द्राच्युड नेपालमा

काठमाडौं–  प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा भारतका प्रधान न्यायाधीश डा

पेटमा गोली लागेपछि सडकमै ढलेकी थिइन् एनिका

झापा- उदयपुर घर भएकी १८ वर्षीया एनिका अधिकारी शुक्रबार मध्यान्ह

फ्लप भएपछि शो बन्द गर्दै कपिल ?

काठमाडौं– भारतीय कलाकार कपिल शर्माले ‘द इन्डिय कपिल शर्मा शो’बाट

बिहीबार नेप्सेमा सकारात्मक सर्किट हान्ने ३ लघुवित्तको वित्तीय विवरण कस्तो ?  

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार ७ अंकले घट्दा पनि

भैंसीपाटीस्थित सीजी फुड्स पार्कमा आक्रमण, २२ जना पक्राउ

काठमाडौं – चौधरी ग्रुपद्वारा सञ्चालित ललितपुरको भैंसेपाटीस्थित सीजी फुड्स पार्कका