विश्वकप छनोट फुटबल : रोनाल्डोको गोलमा पोर्चुगल विजयी | Khabarhub Khabarhub

विश्वकप छनोट फुटबल : रोनाल्डोको गोलमा पोर्चुगल विजयी


१८ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वकप छनोट फुटबल अन्तर्गत युरोपेली समूहको खेल अन्तर्गत क्रिष्टियानो रोनाल्डोको गोलमा पोर्चुगल विजयी भएको छ ।

समूह ए को खेलमा पोर्चुगलले लग्जेम्बर्गलाई ३–१ गोल अन्तरले हरायो हो । पोर्चुगललाई जिताउन क्रिष्टियानो रोनाल्डो, डियोगो जोटा र जोआओ पाल्हिन्हाले १–१ गोल गरे ।

यस्तै बेल्जियम र नेदरल्याण्ड्सले फराकिलो जित हात पारेको छ । समूह ईको खेलमा बेल्जियमले बेलारुसलाई ८–० गोल अन्तरले हरायो ।

हान भानाकेन र लियान्द्रो त्रोसार्दले समान २–२ गोल गर्दा मिचि बात्सुयायी, जेरेमी डोकु, डेनिस प्राएट र क्रिष्टियन बेन्टेकेले १–१ गोल गरे । यो समूहको अर्को खेलमा वेल्सले चेक रिपब्लिकलाई १–० गोल अन्तरले हरायो ।

त्यस्तै समूह जी को खेलमा नेदरल्याण्ड्सले जिब्राल्टारलाई ७–० गोल अन्तरले हरायो । मेम्फिस डिपेले २ गोल गरेको खेलमा स्टेभेन बर्घुइस, ल्युक डे जोङ, जर्जिन्हो विज्नाल्डम, डोन्येल मालेन र डोनी भान डे बीकले १–१ गोल गरे ।

समूहका अन्य खेलमा नर्वेले मोन्टेनेग्रोलाई १–० ले पराजित गर्दा टर्की र लात्भियाले समान ३–३ गोलको बराबरी खेल्यो ।

अर्को खेलमा सर्बियाले अजरबैजानलाई २–१ गोल अन्तरले हरायो । समूह एचको खेलमा साइप्रसले स्लोभेनियालाई १–०, क्रोएसियाले माल्टालाई ३–० ले र स्लोभाकियाले रुसलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ७ : ३६ बजे

गण्डकी प्रदेश सरकारविरुद्धको रिटको पेशी आज

काठमाडौं– गण्डकी प्रदेश सरकारविरुद्ध  सर्वोच्च अदालतमा परेको रिटको पेशी बिहीबारलाई

रोमाञ्चक मोडमा आईपिएलः यस्तो बन्दैछ समीकरण

यो सिजनको इन्डियन प्रिमियर लिग (आईपिएल) रोमाञ्चक मोडमा पुगेको छ।

पारस खड्का भन्छन् – ‘मेरो चरित्र हत्या गरियो, ढिलो चाँडो कानुनी दायरामा ल्याउँछु’

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक

नारायणगढ-मुग्लिन सडकमा निर्माणाधीन पुलको काम तीव्र

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डका निर्माणाधीन सबै पुल आगामी कात्तिकसम्ममा सञ्चालन गर्नेगरी

तनहुँ कारागारमा क्षमताभन्दा बढी बन्दी, व्यवस्थापनमा समस्या

दमौली– जिल्ला कारागारमा तीन सय २३ कैदीबन्दी छन् । दैनिकरुपमा