बाघको छाला र भालुको पित्तसहित पक्राउ | Khabarhub Khabarhub

बाघको छाला र भालुको पित्तसहित पक्राउ


१८ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमरगढी– बाघको छालासहित एक युवक डडेल्धुरामा पक्राउ परेका छन् ।

पकाउ पर्नेमा जिल्लाको अजयमेरु गाउँपालिका–१ बस्ने २९ वर्षीय जगतसिंह भण्डारी रहेको प्रहरीले जनाएको छ । उनले चलाइरहेको सुपप्र ०४००१ प ०५४८ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्लाको अमरगढी नगरपालिका–६ तोलीस्थित दशरथचन्द राजमार्ग सडकखण्डबाट उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

डडेल्धुरा प्रहरीका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी डडेल्धुराको संयुक्त टोलीले जाँच गर्दा निजको साथबाट भालुको पित्त, ठूलो बाघको छाला एक थान, सानो बाघ छाला अर्को थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए ।

उनलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय डडेल्धुरामा बुझाइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ६ : ५२ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय