निर्वाचन आयोगको निर्णयविरुद्ध अध्यक्ष ठाकुर सर्वोच्चमा | Khabarhub Khabarhub

निर्वाचन आयोगको निर्णयविरुद्ध अध्यक्ष ठाकुर सर्वोच्चमा


१५ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध अर्का अध्यक्ष महन्थ ठाकुरले सर्वोच्च अदातलमा रिट दायर गरेका छन् ।

अध्यक्ष ठाकुरले आज सर्वोच्च अदालतमा दायर गरेका रिटमा यादव पक्षलाई जसपाको आधिकारिता दिने र आफ्नो पक्षलाई नयाँ दल दर्ता गर्न दिने आयोगको निर्णय बदर गर्न माग गरेको छ ।

उनले रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म आयोगको निर्णय कार्यान्वयन नगर्नू/नगराउनू भनी अन्तरिम आदेश जारीको मागसमेत गरेका छन् ।

आयोगले यही साउन ११ गते जसपा कार्यकारिणी समितिको हेडकाउन्ट गर्दै बहुमत (३४ सदस्य) भएको यादव पक्षलाई आधिकारिकता दिएको थियो । १६ जना कार्यकारिणी सदस्य भएको ठाकुर पक्षलाई भने प्रचलित कानून अनुसार नयाँ दल दर्ता गर्न सक्ने भनिएको छ ।

आयोगको निर्णयले आफूहरु अन्यायमा परेको भन्दै अध्यक्ष ठाकुरले दायर गर्नुभएको रिटमा २०७८ असार १ गते आफूले हेरेफेर गरेको कार्यकारिणी समितिलाई मान्यता दिनुपर्ने र त्यसका आधारमा पार्टीको आधिकारिकता निरुपण गर्नुपर्ने माग समेत गरेका छन् ।

निर्वाचन आयोगको निर्णय कार्यान्वयन हुँदा पार्टी विभाजन भइ पार्टीको केन्द्रीय नेतृत्वको प्रयोजन नै समाप्त हुन जाने अध्यक्ष ठाकुरको रिट निवेदनमा उल्लेख छ ।

अध्यक्ष ठाकुरका तर्फबाट बारेस लिई प्रदीपकुमार पाठकले सर्वोच्चमा रिट दायर गरेका हुन् ।  राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच एकता भएर जसपा पार्टी बनेको थियो ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ९ : ०१ बजे

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम