पार्टी विधि र विधान अनुसार चल्न नसकेको गगन थापाको आरोप | Khabarhub Khabarhub

पार्टी विधि र विधान अनुसार चल्न नसकेको गगन थापाको आरोप


१५ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता गगन थापाले पार्टी विधि र विधान अनुसार चल्न नसकेको आरोप लगाएका छन् ।

शुक्रबार काठमाडौँमा बीपी कोइराला प्रतिष्ठान, खाँडादेवी गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा थापाले पार्टीलाई बिधान अनुसार चलाउन नसकेको दोष सवैले लिनुपर्ने उनले बताए ।

पार्टीको क्रियाशील सदस्यता सम्बन्धी विवादका विषयमा पार्टी पदाधिकारीले हस्तक्षेप गर्नु विधान विपरित भएको उनको भनाइ छ ।

उनले पार्टीको विधानले केन्द्रीय कार्य समितिबाट सो विवाद समाधान गर्नुपर्ने व्यवस्था भए पनि पार्टी नेतृत्व विधान अनुसार चल्न नसकेको उल्लेख गरे ।

पार्टीले विधानमा बाहिर गएर क्रियाकलाप गर्दै आएको उनले बताए । थापाले कांग्रेसले आफ्नो महाधिवेशन समयमा नै सम्पन्न गर्नुपर्ने धारणा पनि राखे ।

फरक प्रसंगमा थापाले कांग्रेस नेतृत्वको सरकारलाई सफल बनाउन सिंगो पार्टी लाग्नुपर्ने भन्दै सरकारलाई गल्ती गर्ने कुनै पनि छुट नभएको बताए । उनले कांग्रेस नेतृत्वको सरकारले अभावमा रहेका नागरिकलाई महशुस हुने गरी काम गर्नुपर्ने बताए ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ५ : ५५ बजे

राष्ट्रपति पौडेलले दिए विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा स्वदेश

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं– आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा