कोराना कहर : गण्डकीमा तेस्रो लहर रोक्ने तयारी | Khabarhub Khabarhub

कोराना कहर : गण्डकीमा तेस्रो लहर रोक्ने तयारी



पोखरा– कोरोना भाइरस संक्रमणको तेस्रो लहरको त्रास फैलिन थालेपछि गण्डकी प्रदेश सरकारले नयाँ तयारी थालेको छ ।

संघीय सरकारको स्वास्थ्य मन्त्रालयले अल्फा र डेल्टा भेरियन्टपछि कप्पा भेरियन्ट पुष्टि भएको जानकारी गराउँदै देशभर तेस्रो लहरबाट जोगिने तयारी थाल्न निर्देशन दिएको छ ।

सबैजसो जिल्लामा वैशाख दोस्रो सातादेखिको निषेधाज्ञा असारदेखि खुकुलो पारिएको छ । निषेधाज्ञामा खुकुलोपन र राष्ट्रिय राजनीतिमा आएको अस्थिरताले कोरोना संक्रमणको तेस्रो लहरको त्रास बढेको छ ।

कोरोनाको नयाँ नयाँ भेरियन्ट फैलिने सक्ने भन्दै संघीय सरकारले निर्देशन दिएपछि गण्डकी प्रदेशमा तयारी थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गण्डकीका सचिव डा. विनोदविन्दु शर्माले बताए ।

बिहीबार साँझ गण्डकीका स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी गुरुङको अध्यक्षतामा बैठक भएको छ । बैठकले कोरोना संक्रमण रोक्न परीक्षण र उपचारको दायरा बढाउने निर्णय गरेको छ । विभिन्न जिल्लाहरूमा आइसोलेसन केन्द्रहरू सञ्चालन गर्ने पनि निर्णय गरिएको छ ।

तीन जिल्लामा बाल आइसीयू

कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकाहरू बढी प्रभावित हुन सक्ने भएकाले त्यसतर्फ पनि गण्डकी सरकारले विशेष सतर्कता अपनाउने भएको छ ।

प्रदेश सरकारले म्याग्दी, पर्वत र स्याङ्जामा बालबालिकाका लागि छुट्ट्रै आइसीयू स्थापना गर्ने भएको छ । तीन जिल्लामा बच्चाको आइसीयू सञ्चालन गर्न संघीय सरकारले तीन–तीन करोड रुपैयाँ बजेट छुट्याएको छ ।

मन्त्रालयका सचिव डा. शर्माका अनुसार बच्चाको आइसीयूमा बच्चाकै साइजमा भेण्टिलेटर तथा बेडहरू राखिनेछन् ।

बच्चाको आइसीयू सञ्चालन सम्बन्धमा जिल्ला अस्पतालका नर्सलगायत स्वास्थ्यकर्मीलाई शुक्रबार तालिम दिइँदैछ ।

नवलपुरमा ‘स्टप, टेस्ट एन्ड गो’

कोरोना संक्रमण रोक्न प्रदेशको दक्षिणी जिल्ला नवलपुरमा ‘स्टप, टेस्ट एण्ड गो’ सेन्टर खोलिने भएको छ ।

नवलपुरको ‘सामुदायिक प्राकृतिक चिकित्सालय, रजहर’ मा ३५० बेडको आइसोलेसन केन्द्र सञ्चालन गर्ने निर्णय भएको छ । कोरोना परीक्षण गर्न चिकित्सालयमै ल्याब स्थापना गरिने भएको छ ।

चिकित्सालयलाई तत्काल एउटा एम्बुलेन्स उपलब्ध गराइने भएको छ । हाल चिकित्सालयको एउटा एम्बुलेन्स सञ्चालनमै रहेको छ । तनहुँको आबु खैरेनी र स्याङ्जाको राम्दीमा कोरोना परीक्षण केन्द्र सञ्चालन गरिने भएको छ ।

लमजुङ, बागलुङ र नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालमा थप पाँच–पाँच वटा आइसीयू बेड थप गरिने भएको छ । प्रदेशका अस्पतालहरूमा आवश्यक संरचनाहरू थप गर्न अध्यनका लागि अस्पताल तथा चिकित्सा महाशाखाका प्रमुख डा. रामबहादुर केसीको संयोजकत्वमा समिति गठन गरिएको छ ।

प्रदेशमा बढ्दैछ संक्रमण

गण्डकी प्रदेशमा असारको अन्तिम दिन ३६० जनामा कोरोना संक्रमण पुष्टि हुँदा ६ जनाको मृत्यु भएको थियो ।

साउन १ गते थप ३८१ जनामा संक्रमण पुष्टि भयो भने ३ जनाको मृत्यु भयो । साउन २ गते थप २६८ जना संक्रमित भेटिए, तीन जनाको मृत्यु भयो । त्यसयता कोरोना संक्रमण दर बढ्दै गएको छ ।

स्वास्थ्य निर्देशनालय पोखराले बिहीबार बेलुका सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा गण्डकी प्र्रदेशमा ४२७ जना संक्रमित थपिएका छन् । सोही अवधिमा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ ।

कास्कीपछि नवलपुरमा बढ्दै

गत वर्ष कोरोना भाइरस संक्रमणको पहिलो लहरमा कास्की जिल्लापछि नवलपुरमा बढी संक्रमित भेटिएका थिए । मृत्युदर भने निकै कम थियो ।

कोरोना संक्रमित बढ्दै गएपछि स्वाब परीक्षण गर्न पोखरा लैजानुपर्ने बाध्यता भएछि नवलपुरको कावासोती–१६ डण्डास्थित मध्यबिन्दु जिल्ला अस्पतालमा पीसीआर परीक्षण मेशिन ल्याएको थियो । फागुनमा पीसीआर मेशिन सञ्चालनमा ल्याएको थियो ।

स्वास्थ्य कार्यालय नवलपरासीपूर्वका प्रमुख केशवप्रसाद चापागाईंका अनुसार कोरोना संक्रमणको दोस्रो लहरमा वैशाख १ गतेपछि साढे तीन महिनामा मात्रै कोरोना संक्रमण पुष्टि भई नवलपुरमा १०५ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ३ : ४५ बजे

दाताको फेबरमा सरकारले ल्यायो पाँच वर्षे ‘लगानी व्यवस्थापन कार्ययोजना’

काठमाडौं – सरकारले लगानी प्रभावकारिता बढाउने भन्दै दातालाई सजिलो हुने

वर्षाले घटायो डढेलो, थप तीन दिनसम्म वर्षा हुने

काठमाडौं– लामो समयपछि सोमबारदेखि सुरु भएको वर्षासँगै देशका विभिन्न स्थानमा

अन्तिम २ मिनेटमा बढ्यो शेयर बजार, कारोबार २ अर्ब माथि 

काठमाडौं– मंगलबार नेपाल स्टक एक्चेञ्ज (नेप्से) अन्तिम २ मिनेटमा बढेको

सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा छौँ : सञ्चारमन्त्री शर्मा 

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार जतिसक्दो चाँडो

प्रधानमन्त्रीको टिप्पणी- जसपा फुटाउन मेरो कुनै भूमिका छैन

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसपा फुटाउनुमा आफ्नो कुनै भूमिका