टोकियो ओलम्पिक : आज स्विमिङ टुङ्गो लागेर एथलेटिक्स शुरू हुँदै | Khabarhub Khabarhub

टोकियो ओलम्पिक : आज स्विमिङ टुङ्गो लागेर एथलेटिक्स शुरू हुँदै


१५ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जापानमा जारी टोकियो ओलम्पिकमा शुक्रबार अमेरिकाले कुनै पनि स्पर्धामा स्वर्ण नजित्ने सम्भावना रहेको छ ।

शुक्रबार महिला २ सय मिटर ब्रेस्टस्ट्रोकमा दक्षिण अफ्रिकाका टाटियाना सुमाकर प्रमुख दाबेदार रहेकी छिन् । महिलासय मिटरमा अस्ट्रेलियाका अम्मा म्याककोन, स्विडेनकी साहरा जोस्टम र अस्ट्रेलियाकै केट क्याम्बेलका बीचमा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

दुई सय मिटर ब्याकस्ट्रोकमा रुसी ओलम्पिक कमिटीका यागेनी राइलोभ उपाधिका मुख्य दाबेदारको रूपमा रहेका छन् ।

पुरुष २ सय मिटर मेड्लीमा अमेरिकाका माइकल एन्ड्रयु दाबेदारको रूपमा प्रतिस्पर्धा गरे पनि ओलम्पिकमा कमजोर प्रदर्शन गरी रहेका कारण उनले उपाधि जित्ने सम्भावना कमै रहेको छ ।

आर्चरीको महिला एकलको उपाधि शुक्रबार टुङ्गो लाग्नेछ । भारतकी दीपिका कुमारी शीर्ष बरियताको खेलाडीको रूपमा प्रतिस्पर्धा गर्नेछिन् ।

ब्याडमिन्टनको मिश्रित युगलमा दुई चिनियाँ जोडी फाइनलमा प्रवेश गरेका कारण चीनको स्वर्ण पदक निश्चित भएको छ ।

पुरुष कायाकको फाइनल पनि शुक्रबार नै हुनेछ । साइक्लिङको बिएम एक्स रेसिङको महिला र पुरुष स्पर्धाको फाइनल पनि शुक्रबार हुनेछ ।

फेन्सिङको महिला टिम एपेको सम्पूर्ण स्पर्धा शुक्रबार नै सकिनेछ । महिला फुटबलको क्वार्टर फाइनलमा क्यानडाले ब्राजिल, बेलायतले अस्ट्रेलिया, स्विडेनले जापान तथा अमेरिकाले नेदरल्यान्डको सामना गर्ने छन् ।

जुडोमा महिलामा ७८ किलोमाथि र पुरुषमा १०० किलोमाथिको स्पर्धाका खेल हुनेछन् । रोइङमा शुक्रबार महिला र पुरुषको सिङ्गल स्क्रुलको फाइनल खेल हुनेछ । महिला र पुरुषको एट फाइनल पनि शुक्रबार हुनेछ ।

सुटिङमा २५ मिटर पेस्तोलको फाइनल खेल शुक्रबार हुनेछ । टेबल टेनिसको पुरुष एकलको फाइनल खेल हुनेछ । यसमा दुवै चिनिया खेलाडी फाइनल प्रवेश गरेका कारण चीनको स्वर्ण र रजत पक्का भइसकेको छ ।

टेनिसको पुरुष युगलको फाइनल हुनेछ । दुवै क्रोएसियाली जोडी फाइनल प्रवेश गरेका कारण क्रोएसियाको स्वर्ण र रजत निश्चित भइसकेको छ । ट्राम्पोलायन जिम्न्यास्टिकको महिला स्पर्धा शुक्रवार नै हुने छ । यसमा पनि चीनलाई दाबेदार मानिएको छ ।

शुक्रबार नै एथलेटिक्सको स्पर्धा शरू हुनेछ । पुरुष १० हजार मिटरको फाइनल खेल पनि शुक्रबार हुनेछ । युगान्डाका जोसे चेपटेगेले नै शुक्रबारको भिडन्तमा स्वर्ण पदक जित्ने अनुमान गरिएको छ ।

महिला १०० मिटरको हिट चरण शुक्रबार हुनेछ । संसारका थुप्रै आकर्षक र नाम चलेका एथलेटिक्स खेलाडी टोकियो पुगेका छन् ।

कोरोना महामारीको असर यस पटकको ओलम्पिकमा प्रस्ट देखिएर छटपटाइरहेको अमेरिकी टोली यसबाट बाहिर निस्कने हो या होइन भन्ने कुराको लक्षण शुक्रबार नै देखिन सक्ने छ ।

त्यसो त शुक्रबार अमेरिकाले कुने पनि स्वर्ण पदक न जित्न पनि सक्ने छ । तथापि शनिबार देखिको साता भने एथलेटिक्सका स्पर्धाका कारण पहिलो सातामा पछि परे पनि दोस्रो सातामा खेलमा फर्कन एउटा अवसर हुनेछ । –एसेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ८ : ०१ बजे

तिब्बतमा बढिरहेको आर्थिक गतिविधिबाट नेपाललाई फाइदा हुन्छ : मन्त्री भण्डारी (भिडियोसहित) 

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चीनको स्वशासित क्षेत्र

इलाम–२ को अपडेट : फराकिलो अग्रतामा सुहाङ

इलाम– इलाम क्षेत्र नम्बर २ का ४ वटा पालिकाको मतगणना

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप– रामेछापका विभिन्न सामुदायिक वनमा आगो लगाउँदै हिँड्ने एक जनालाई

जिरी नगरपालिमा सबै योजनाको सम्झौता सम्पन्न

दोलखा– जिल्लाको जिरी नगरपालिकाले चालु वर्ष वितरण गरेका सत् प्रतिशत

बालविवाह अन्त्यका लागि सचेतनावृद्धिमा जोड

काठमाडौं– बालविवाह अन्त्यका लागि पुरुष सहभागिता र विद्यालय तहका पाठ्यपुस्तकमै