टोकियो ओलम्पिकमा सरस्वतीको सामान्य प्रदर्शन | Khabarhub Khabarhub

टोकियो ओलम्पिकमा सरस्वतीको सामान्य प्रदर्शन


१५ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टोकियो ओलम्पिक २०२० अन्तर्गत नेपाली खेलाडी सरस्वती चौधरीले सामान्य प्रदर्शन गरेकी छन् ।

महिला १ सय मिटर दौडमा सरस्वतीले सामान्य प्रदर्शन गर्दै पहिलो चरणबाटै बाहिरिएकी हुन् । उनले निर्धारित दूरी १२.९१ सेकेन्डमा पूरा गरिन् ‌‌।

आफ्नो हिटमा रहेका ९ मध्ये उनी आठौं स्थानमा रहिन् । यससँगै नेपालको टोकियो ओलम्पिकमा चुनौती सकिएको छ ।

नेपालबाट टोकियो ओलम्पिकमा सहभागिता जनाएका ५ खेलाडीमध्ये तीन जनाले राष्ट्रिय कीर्तिमान कायम गर्न सके ।

पौडीमा एलेक्स शाह र गौरिका सिंहले १ सय मिटर फ्रिस्टाइल तथा सुटिङकी कल्पना परियारले १० मिटर एअर राइफलमा कीर्तिमान बनाए पनि जुडोकी सोनिया भट्ट र सरस्वती भने पहिलो चरणबाटै बाहिरिएका हुन् ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ७ : ३९ बजे

११ मन्त्रीको सम्पत्ति गुपचुप (सूचीसहित)

काठमाडौं- सुशासनको कुरा गरेर नथाक्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्पत्ति

अत्यधिक गर्मीले अस्पतालमा बिरामीको चाप

चितवन– गर्मी अत्यधिक बढेपछि जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न थालेको

वेष्ट इन्डिज ‘ए’विरुद्ध नेपाल फिल्डिङमा

काठमाडौं– नेपाल र वेष्ट इन्डिज ‘ए’ बीच पाँच खेलको टी–२०

मधेस प्रदेशमा आगलागीबाट ४६ करोडको क्षति

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा ४६

वेस्ट इन्डिज ‘ए’ विरुद्ध पहिलो इनिङमा नेपालले फिल्डिङ गर्ने

काठमाडौं – वेस्ट इन्डिज ‘ए’विरुद्ध पाँचौं तथा अन्तिम खेलको पहिलो इनिङमा