कुमारी बैंक र दृष्टि दि भिजन आइ सेन्टरबीच सम्झौता | Khabarhub Khabarhub

कुमारी बैंक र दृष्टि दि भिजन आइ सेन्टरबीच सम्झौता


१६ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कुमारी बैंक र नेपालमा आँखा सम्बन्धी गुणस्तरीय उपचार सेवा प्रदान गर्दै आइरहेको दृष्टि दि भिजन आइ सेन्टर बीच उक्त उपचार केन्द्रमा आँखा सम्बन्धित उपचार सेवामा कुमारी बैंकका ग्राहकहरुलाई सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौता–पत्र अनुसार दृष्टि दि भिजन आइ सेन्टरबाट आँखा उपचार सम्बन्धी सेवा शुल्क कुमारी बैंकको डेविट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा सेवाग्राहीले आँखा परामर्श सेवा शुल्कमा २० % सम्म र आँखा सम्बन्धी प्याकेज शल्यक्रिया सेवामा १५% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने छ ।

उक्त सम्झौता पत्रमा कुमारी बैंकका मार्केटिङ्ग प्रमुख नवीन मुनि बज्राचार्य र दृष्टि दि भिजन आइ सेन्टरका निर्देशक डा. रोहित सैजुले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९४ शाखा सञ्जाल, १६५ एटिएम, २६ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आइरहेको छ । आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरु सुदृढ पार्दै जाने प्रतिबद्धता बैंकले जनाएको छ ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  १२ : ५८ बजे

इलाम अपडेट : एमाले– १०४१९, कांग्रेस– ७०६२, मतान्तर– ३३५७

इलाम– इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना जारी

इलाममा मतगणना स्थल थपियो, तीन ठाउँबाट गनिने

इलाम– मुख्य निर्वाचन अधिकृतको कार्यालयले इलाम– २ को मतगणना तीन

इलाम अपडेट : एमाले– ९४८४, कांग्रेस– ६६३१, मतान्तर २८५३

इलाम– इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत अन्तर घटाउँदै एमाले: कांग्रेस ८३ मतले अगाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

इटालियन सिरी ए : रोमा र नापोलीले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र नापोलीले बराबरी खेलेक