युक्रेन युरोकपको क्वाटरफाइनलमा, स्वीडेन पराजित | Khabarhub Khabarhub

युक्रेन युरोकपको क्वाटरफाइनलमा, स्वीडेन पराजित


१६ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्वीडेनलाई पराजित गर्दै युक्रेन युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार बिहान सम्पन्न भएको राउण्ड अफ १६ को अन्तिम खेलमा स्वीडेनलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै युक्रेनले अन्तिम आठमा स्थान बनाएको हो  ।

युक्रेनलाई जित दिलाउन ओलेक्सान्डर जिन्चेन्को र अर्टिम दोभ्बिकले एक एक गोल गरे । स्वीडेनका इमिल फोर्सवर्गले एक गोल फर्काए ।

निर्धारित ९० मिनेट १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।

अतिरिक्त समयको १ सय २०औँ मिनेटमा अर्टिमले गोल गर्दै युक्रेनलाई २-१ को महत्वपूर्ण जित दिलाए । उनले जिन्चेन्कोको पासमा गोल गरे ।

जितसँगै युक्रेन क्वाटरफाइनलमा पुग्ने आठौं टोली बनेको छ ।  अब युक्रेनले क्वाटरफाइनलमा इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ६ : १० बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र