आकाशमा जहाजले लगातार फन्को लगाउँदा... | Khabarhub Khabarhub

आकाशमा जहाजले लगातार फन्को लगाउँदा…


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– धनगढीको आकाशमा हवाइजहाजले आज लगातार फन्को लगाइरहँदा नगरवासीमा कौतुहल र चासो बढेको देखियो । आकाशमा यसरी किन चक्कर लगाइरहेको भनेर नगरवासीले चासो राख्दै एकापसमा टेलिफोनमा जिज्ञासा राखिरहेका थिए ।

कतिपयले धनगढी विमानस्थलमा अवतरण गर्न नसकेर वा अवतरण गर्ने वातावरण नभएर जहाजले आकाशमा फन्को लगाएको अनुमान लगाएका थिए भने अन्य कतिपयले उडिरहेकै अवस्थामा जहाज बिग्रेकाले अवतरण गर्नमा समस्या भएको भनेर अड्कल गरिरहेका थिए ।

कोरोना भाइरसको महामारीका बेला हाल धनगढी विमानस्थलमा आन्तरिक उडान बन्द रहेको अवस्थामा उक्त जहाजले चक्कर लगाएको देखिँदा पनि नगरबासीको चासो बढेको थियो ।

बिहान १० बजेको आसपासमा पूर्वतर्फबाट आएको सो जहाजले कैलालीको धनगढी र कञ्चनपुर जिल्लाको आकाशमा तीन/चार पटक फन्को लगाएको थियो । सो जहाज अवतरण गर्न नसकेर नभएर त्यहाँको धरातलीय स्वरुप मापनका लागि सर्भेक्षण कार्य गरिएको जनाइएको छ ।

धनगढी विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बुढथापाले जमीनको धरातलीय स्वरुप के कस्तो छ भनेर नक्सा तयार गर्नका लागि जहाजमार्फत् सर्भेको काम भइरहेको भन्ने जानकारी आएको बताए । उनले भने, ‘‘एक विदेशी जहाजले भैरहवा, नेपालगञ्ज र धनगढीको आकाशमा ‘सर्भे फ्लाइट’ गर्दैछ भन्ने जानकारी आएको थियो ।’’ – रासस

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  ८ : १० बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर