सुकेटार विमानस्थलको नाम परिवर्तन भएकोप्रति दलहरूको आपत्ति | Khabarhub Khabarhub

सुकेटार विमानस्थलको नाम परिवर्तन भएकोप्रति दलहरूको आपत्ति


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ – सरकारले ताप्लेजुङस्थित सुकेटार विमानस्थलको नाम परिवर्तन गरेकोप्रति जिल्लाका राजनीतिक दलले आपत्ति जनाएका छन् ।

सरकारले विमानस्थलको नाम परिवर्तन गरेर ताप्लेजुङको पहिचान र इतिहासमाथि आक्रमण गर्न खोजेको भन्दै सात राजनीतिक दलले गम्भीर आपत्ति जनाएका हुन् ।

विकासका नाममा स्थानीय जनताको मौलिकतामाथि हुने हस्तक्षेप कुनै हालतमा स्वीकार गर्न नसकिने भन्दै उनीहरुले यसलाई सच्याउन सरकारसँग माग गरेका छन् ।

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी र सङ्घीय लिम्बूवान मञ्च नेपालले संयुक्त रुपमा आइतबार विज्ञप्ती जारी गर्दै यसलाई नसच्याए सशक्त प्रतिरोध गर्ने जनाएका छन् ।

सरकारले शनिबार बजेट सार्वजनिक गर्दै सुकेटार विमानस्थलको नाम परिवर्तन गरी ‘रवीन्द्र अधिकारी विमानस्थल’ नामकरण गर्ने जनाएको थियो ।

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  ८ : ०१ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको