चिकित्सकमाथि आक्रमण भएपछि भेरी अस्पतालमा सुरक्षाकर्मी तैनाथ | Khabarhub Khabarhub

चिकित्सकमाथि आक्रमण भएपछि भेरी अस्पतालमा सुरक्षाकर्मी तैनाथ


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बाँकेको भेरी अस्पतालमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

गत विहीबार राति कोरोना संक्रमितको मृत्युलाई लिएर आफन्तले चिकित्सक तथा नर्समाथि आक्रमण गरेको घटनापश्चात जिल्ला प्रहरी कार्यालय बाँकेले अस्पतालमा सुरक्षाकर्मी नै तैनाथ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार प्रहरी नायव निरीक्षक(सई )तोजेन्द्र बिसीको कमाण्डमा २ जना प्रहरी सहायक निरिक्षक (असई) सहित २५ जनाको टोली आइतबारबाट अस्पतालमै बस्ने गरी खटाइएको हो ।

आक्रमणमा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी ज्यान मार्ने उद्योग मुद्दा चलाएपछि आन्दोलित चिकित्सक तथा नर्सहरु नियमित काममा फर्किएका छन् ।

बिहीबार राति चिकित्सक र नर्समाथि आक्रमण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो ।

दाङका डिल्ली रावतको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि उनका भाइ मानबहादुर र भरत तथा छोरा लोकराजले ड्युटीमा खटिएका डाक्टर र नर्समाथि आक्रमण गरेका थिए ।

बाँके प्रहरीले तीनै जनालाई बिहीबार राति नै नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  ७ : २८ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर