बौद्धस्थित आफ्नै डेरामा एक फ्रान्सेली नागरिक मृत फेला | Khabarhub Khabarhub

बौद्धस्थित आफ्नै डेरामा एक फ्रान्सेली नागरिक मृत फेला


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ, बौद्धमा एक फ्रान्सेली नागरिक मृत फेला परेका छन् । काठमाडौँ महानगरपालिका – ६ बौद्ध, नयाँबस्तीमा डेरा गरी बस्ने राहदानी नम्बर ०८ सिके ०४१२३ बाहक ६७ वर्षीय फ्रान्सेली नागरिक मार्क गेरार्ड बाजुस शनिबार मृत फेला परेका हुन् ।

उनी लामो समयदेखि सोही क्षेत्रमा बस्दै आएको महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी नवीन कार्कीले जानकारी दिए । ‘उनी लामो समयदेखि बौद्ध क्षेत्रमा बस्दै आएका थिए । बीचमा आफ्नो देश आउजाउ गर्थे, शनिबार उनको डेरामै शव फेला परेको हो,’ डीएसपी कार्कीले भने ।

बाजुस एक्लै हिँड्ने गरेका र उनका खासै साथीहरु नभएको कार्कीले बताए । उनले के काम गर्दै आएका थिए र पछिल्लो समय कहिले नेपाल आएर बस्दै थिए भन्ने पनि खुलिसकेको छैन ।

प्रहरीका अनुसार उनको मृत्युको कारण खुलिसकेको छैन । बाजुसले केही दिनदेखि घाँटी दुखेको बताउँदै आएका थिए । तर, उनको शरीरमा शंकास्पद कुनै घाउ चोटपटक नदेखिएको प्रहरीले जनाएको छ । उनको शवलाई पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्जमा पठाइएको छ ।

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  ३ : ०१ बजे

कर्णालीमा डुबेर एक जना बेपत्ता

धनगढी– कर्णाली नदीमा एक जना बेपत्ता भएका छन्। कैलालीको मोहन्याल

संघीय संसद्‍को बजेट अधिवेशन आह्वान

काठमाडौं- सरकारले संसद्को बजेट अधिवेशन आह्वान गरेको छ । मन्त्रिपरिषद्को

राष्ट्रसंघकी सहायक महासचिवद्वारा प्रधानमन्त्रीसँग भेट

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव एवं

देशभर इन्टरनेटमा समस्या, भारतीय कम्पनीले ब्यान्डविथ रोकेको दाबी

काठमाडौं-  नेपालभर इन्टरनेट सेवा प्रभावित भएको छ । बिहीबार अपरान्हदेखि

माधवनारायणमा ५ घर जलेर नष्ट, ७ लाख बढीको क्षती

रौतहट– रौतहटको माधवनारायण नगरपालिका ६ विनटोलमा बिहीवार भएको आगलागीबाट ५