यस्तो छ सरकारी कर्मचारीको बढेपछिको मासिक तलव (सूचीसहित) | Khabarhub Khabarhub

यस्तो छ सरकारी कर्मचारीको बढेपछिको मासिक तलव (सूचीसहित)


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले सबै कर्मचारीको तलब २ हजार रूपैयाँ बढाएको छ ।

कर्मचारीको दर्जा अनुसार प्रतिशतले तलब बढाइने गरेकोमा यसपटक कार्यालय सहयोगीदेखि मुख्य सचिवसम्मको तलव समान २ हजार रुपैयाँ बढाइएको हो ।

बजेट भाषण गर्दै अर्थमन्त्री बिष्णु पौडेलले तलबमानमा अपेक्षा गरे अनुसार वृद्वि गर्ने अनुकुल परिस्थिती नभए पनि मनोबल उच्च बनाउन सबै कर्मचारिको तलव २ हजार रूपैयाँले बढाएको बताएका छन् ।

बढेको तलब २०७८ साउन १ गतेदेखि लागू हुनेछ ।

बढेपछि कसको तलव कति ?

सबैको तलव दुई हजार रूपैयाँले बढाइएपछि सबै कर्मचारीको साविकको तलबमा दुई हजार रूपैयाँ थपिएको छ । यो तलब साउनदेखि कार्यान्वयनमा आउनेछ ।

बढेको तलब अनुसार अब मुख्यसचिवको ६७ हजार १४० रूपैयाँ पुगेको छ । यस्तै सचिवको ६२ हजार ६८०, सहसचिवको ४९ हजार ३८०, उपसचिवको ४२ हजार ३८०, अधिकृतको ३७ हजार ९९०, सुब्बाको ३० हजार २००, खरिदारको २८ हजार ६१० र कार्यालय सहयोगीको २४ हजार १० पुगेको छ ।

 

 

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  ८ : ४० बजे

कानूनसहित तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक आज बस्दै छ ।

वायु प्रदूषणबाट आँखालाई कसरी जोगाउने ?

काठमाडौं – उपत्यकामा वायु प्रदूषण उच्च बिन्दुमा पुगेकाले मानिसको समग्र

बागमतीमा आजबाट नेवाः र तामाङ भाषा सरकारी कामकाजमा प्रयोग हुने

काठमाडौं– नेवारी र तामाङ भाषालाई बागमती प्रदेशमा आजदेखि सरकारी कामकाजमा

जापानी विदेशमन्त्री योको आज नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आज

पहाडी क्षेत्रमा वर्षा, तराईमा हावाहुरीकाे सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल