एमालेको कर्णाली प्रदेश कमिटीले पायो पूर्णता | Khabarhub Khabarhub

एमालेको कर्णाली प्रदेश कमिटीले पायो पूर्णता


१७ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली– नेकपा (एमाले) ले कर्णाली प्रदेश कमिटीलाई पूर्णता दिएको छ । पार्टीको १०औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको पछिल्लो बैठकले १४७ सदस्यीय प्रदेश कमिटी गठन गरेको हो ।

एमालेले यसअघि प्रदेश कमिटीका पदाधिकारीको चयन गरिसकेको थियो । पदाधिकारीमा यामलाल कँडेल प्रदेश इञ्चार्ज, लक्ष्मी पोखरेल र गुलावजङ्ग शाह सहइञ्चार्ज, गोरख बोगटी अध्यक्ष तथा धर्मराज रेग्मी सचिवको जिम्मेवारीमा छन् ।

सचिव रेग्मीका अनुसार सङ्घीय सांसद तथा प्रदेशसभा सदस्य, जिल्ला पार्टी अध्यक्ष, जिल्लास्तरका अगुवा नेता, पेशागत क्षेत्रबाट पार्टी सङ्गठनमा योगदान पुर्‍याएकालाई समेटेर कमिटी पूर्णता दिइएको छ । उनले अन्तरपार्टी निर्देशनबमोजिम साङ्गठनिक कामलाई तीव्रता दिने, तोकिएको समयमा मातहतका कमिटीका अधिवेशन सम्पन्न गर्न तयारी गर्ने, कोरोना भाइरस महामारीलाई रोकथाम तथा नियन्त्रणमा राज्यका निकायलाई सहयोग पुर्‍याउन स्वयंसेवक परिचालन गरिने बताए ।

एमालेले आगामी मङ्सिर २ देखि ६ गतेसम्म राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने निर्णय गरिसकेको छ । त्यस्तै आगामी भदौ ५ गते वडा, भदौ १५ गते पालिका, भदौ ३० गते जिल्ला तथा असोज २३ गते प्रदेश अधिवेशन सम्पन्न गर्न कार्यतालिका सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ८ : ५० बजे

क्रिस्टल प्यालेससँग म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

काठमाडौं– इङलिश प्रिमियर लिग अन्तर्गत क्रिस्टल प्यालेसले म्यानचेस्टर युनाइटेडमाथि शानदार

आइपिएलमा आज दिल्ली र राजस्थान भिड्दै

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल

३४६ वर्ष पुरानो थन्थु दरबारको पुन: शिलान्यास

भक्तपुर भक्तपुर दरबार क्षेत्रस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन रहेको थन्थु

भारतमा आज तेस्रो चरणको मतदान हुँदै

काठमाडौं – भारतमा लोकसभा निर्वाचनअन्तर्गत तेस्रो चरणको मतदान मंगलबार हुँदैछ।

वायु प्रदूषणको प्रमुख कारण डढेलो

काठमाडौं – केही हप्तादेखि काठमाडौं उपत्यकामा वायु प्रदूषण बढिरहेको छ।