इजरायलमा यहुदी पर्वका बेला भएको भागदौडमा ३८ जनाको मृत्यु | Khabarhub Khabarhub

इजरायलमा यहुदी पर्वका बेला भएको भागदौडमा ३८ जनाको मृत्यु


१७ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इजरायल– इजरायलमा हासिडिक यहुदी पर्वका बेला भएको भागदौडमा परी कम्तीमा ३८ जनाको ज्यान गएको छ ।

बीबीसीले जनाएअनुसार यहुदी पर्व मनाउन भेला भएका दशौँ हजार मानिसबीच भागदौड मच्चिँदा उनीहरुको ज्यान गएको हो ।

उत्तरी इजरायलस्थित माउन्ट मेरोनको फेदीमा दशौँ हजार मानिस यहुदी पर्व मनाउन भेला भएका थिए। आपत्कालीन सेवा प्रदायकहरूले घटनास्थलमा घाइतेहरूको उपचार गरिरहेका छन्।

तर धेरै भिड भएकाले उद्धार कार्यमा कठिनाइ भएको उनीहरूले बताएका छन्। वार्षिक हुने उक्त पर्व गत वर्ष भने कोरोनाभाइरस महामारीका कारण रोकिएको थियो।

यसपालि पनि धेरै भिडले गर्दा थप महामारी हुने हो कि भन्ने चिन्ताहरू व्यक्त गरिएको थियो।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ७ : ०८ बजे

दुबईद्वारा ‘विश्वको सबैभन्दा ठूलो’ विमानस्थल टर्मिनलको निर्माण सुरु

दुबई – अल मकतुम अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ टर्मिनलको काम सुरु

बझाङमा थलारा पुग्दा माओवादीलाई कांग्रेसले उछिन्यो, एमालेको अग्रता यथावत

बझाङ– बझाङ प्रदेश १ को उपनिर्वाचनमा थलारा गाउँपालिकामा कांग्रेसले मत

आजका समाचार : उपनिर्वाचनको मत गणनादेखि लगानी सम्मेलनसम्म

उपनिर्वाचनको मतगणना  जारी इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका

लगानी सम्मेलनको पहिलो दिन : सोल्टीमा भीड देख्दा प्रधानमन्त्री मख्ख, तनावमा पाहुना र कर्मचारी

काठमाडौं – सरकार र निजी क्षेत्रद्वारा आयोजित लगानी सम्मेलनको पहिलो

इलाममा सुहाङले लिए ७ सय ८० मतको अग्रता

इलाम– इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका १, २,