करेलाको भरुवा अचार बनाउने तरिका | Khabarhub Khabarhub

करेलाको भरुवा अचार बनाउने तरिका


१४ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आवश्यक सामग्री :

डल्ले खालको हरियो करेला   – १२ वटा

जिरा – ५० ग्राम

धनिया– २०० ग्राम

देशी सुप– १०० ग्राम

तील– २०० ग्राम

सर्स्यूँ– १०० ग्राम

मूलाको बीऊ– १०० ग्राम

मेथी – ५० ग्राम

तोरीको तेल– १ लिटर

नुन– २ चम्चा (ठूलो चम्चाको)

बेसार– १ चम्चा (ठूलो चम्चाको)

ज्वानु– ५० ग्राम

ल्वाङ, अलैँची, दालचिनी मिलाएर– १५ ग्राम

ज्यामिर– ४ दाना

लसुन– १०० ग्राम

अदुवा– ५० ग्राम

मुङ्ग्रेलो– ५० ग्राम

बाँसको सिन्का वा धागो– आवश्यकता अनुसार

बनाउने विधि :

-करेला सफा गरेर पेटमा चिर्ने भित्रका दाना निकाल्ने र एक दिन घाममा सुकाउने ।

-माथि उल्लेखित सबै मसला राम्ररी केलाई छुट्टा छुट्टै भुटेर मसिनो पारेर पिँध्ने । लसुन, अदुवा पनि पिँध्ने, खुर्सानीको धूलो भुटेर राख्ने ।

-ज्यामिरको रस बनाउने गेडा छानेर सबै मरमसला, नुन, खुर्सानी मिसाएर मोल्ने, अमिलो इच्छा अनुसार राख्न सकिन्छ ।

– मसला तेल राखेर राम्ररी फिट्ने र ओइलाएको करेलामा मिलाएर टम्म पारेर भर्ने । करेलाको पेटमा धागोले बाँध्ने वा सिन्काले सिउने ।

-पाकेपछि यो सरक्क झिक्न पाइयोस् ।

– ठूलो पेनमा तेल तताउने (नपुगेमा थप्न सकिन्छ) । ताकि सबै करेला त्यसमा अटाओस् ।

-तेल तातेपछि करेला पेनमा राख्ने र मन्द आँचमा ४५ मिनेट जति पकाउने । पाकेपछि करेला चाम्रो देखिन्छन् । यसलाई सेलाएर सिसीमा राख्ने ।

साभार : सजिलो कुकिङ पुस्तकबाट

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ५ : ५० बजे

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा