१६ सांसदले लिए मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमाथिको समर्थन फिर्ता | Khabarhub Khabarhub

१६ सांसदले लिए मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमाथिको समर्थन फिर्ता


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- नेकपा एमाले माधव नेपाल समूहका सांसदहरुले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमाथिको समर्थन फिर्ता लिएका छन् ।

मंगलबार सामूहिक रुपमा १६ जना सांसदले अविश्वास प्रस्तावमाथिको समर्थन फिर्ता लिएका हुन् । गत बुधबार बसेको नेकपा संसदीय दलको बैठकमा मुख्यमन्त्री राईले सात दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएका थिए ।

उक्त निर्देशनपछि मङ्गलबार १६ जना सांसदले हस्ताक्षर फिर्ता लिएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ।

गत पुस १२ गते तत्कालीन नेकपा प्रचण्ड-माधव समूहका ३७ जना सदस्यले अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।

माधव नेपाल समूहका पाँच जना सांसदले यसअघि नै हस्ताक्षर फिर्ता लिइसकेका छन्।

यस्तो छ समर्थन फिर्ताको पत्र

 

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ९ : ३१ बजे

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र

अदालतभित्रै श्रीमानद्वारा श्रीमतीमाथि कुटपिट

तम्घास – गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुससहित मालपोतका सुब्बा पक्राउ

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका