सिभिल बैंक र आइसनबीच सम्झौता, ६४ स्वास्थ्य संस्थामा उपचार शुल्कमा छुट | Khabarhub Khabarhub

सिभिल बैंक र आइसनबीच सम्झौता, ६४ स्वास्थ्य संस्थामा उपचार शुल्कमा छुट


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सिभिल बैंक लिमिटेड र आइसनबीच सहकार्य गर्न सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट डिपोजिट तथा ट्रान्जेक्सन बैंकिंगका प्रमुख भोला बहादूर विष्ट तथा आइसनका तर्फबाट कन्ट्रि विजिनेस डेभलपमेन्ट म्यानेजर आरती श्रेष्ठले हस्ताक्षर गरेकी हुन् ।

उक्त सम्झौतापत्र अनुसार सिभिल बैंकका कर्मचारी, ग्राहक तथा सम्वन्धित परिवारले आइसनसँग सम्बन्धित सात राष्ट्रहरु (आइसनसँग भारत, थाईल्याण्ड, मलेशीया, सिंगापुर, ईजिप्ट, अमेरिका र बेलायत)मा अनुबन्धित ६४ अन्तराष्ट्रिय स्वास्थ्य संस्थाहरुमा औषधोपचार गराउँदा तथा स्वास्थ्य परामर्श लिँदा छुट पाउनेछन् ।

बैंकका अनुसार उपचार शुल्कमा प्रथम पटक ७ प्रतिशत र दोस्रोपटकेदेखि थप ५ प्रतिशत समेत गरी कूल १२ प्रतिशत छुट पाउनेछन् ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ३ : २४ बजे

आईपिएल : साविक विजेता चेन्नईमाथि पञ्जाबको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २० गते बिहीबार सन् २०२४

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को