सडकमा निर्घात कुट्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल | Khabarhub Khabarhub

सडकमा निर्घात कुट्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल

कुटपिटमा संलग्न प्रहरी नियन्त्रणमा


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सामाजिक सञ्जालको प्रयोगले धेरैलाई भुल्याउने गरेको छ । आपराधिक घटनामा सामाजिक सञ्जालको प्रयोग बढ्ने गुनासो पनि आउने गरेको छ । सँगै सामाजिक सञ्जालकै प्रयोगबाट अपराधीलाई कानूनी कठघरामा उभ्याउन पनि सहज भएको छ ।

यही सामाजिक सञ्जालबाटै सडकमा निर्घात कुटपिट भएको घटना सार्वजनिक भएको छ । सँगै घटनामा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तो थियो घटना

काठमाडौँको गोंगबुमा हिजो बिहान एकजना मान्छेलाई सडकमा निर्घात कुट्दै गरेको भिडियो फेसबुकमा लाइभ अपलोड भयो ।

तर,नेपाल प्रहरीले कुटपिटमा संलग्न तीन जनालाई आधा घण्टामा पक्रेर अभद्र व्यवहारको अभियोगमा कारबाही अघि बढाएको छ । काठमाडौँ प्रहरी परिसरका एसएसपी अशोक सिंहको कमाण्डमा खटिएको टोलीले आधा घण्टामा तीन जनालाई समातेको हो ।

तनहुँ घर भएका तर बनस्थली बस्ने वर्ष २२ का भरत गुरुङ,ढुंगेधारा बस्ने वर्ष २५ का सोमबहादुर गुरुङ र धापासी बस्ने वर्ष २५ का दीपेन्द्रकुमार थापाले सुनसरी घर भई गोंगबु बस्ने अमर लिम्बूलाई निर्घात कुट्दै ‘आफ्नो उक्त पौरख’ फेसबुकमा लाइभ गरेका थिए ।

उनीहरूले आफ्नी श्रीमतीलाई जिस्काएपछि लिम्बूले किन जिस्काएको भनेर बिरोध गर्दा तीनैजनाले एक्कासी लिम्बूमाथि प्रहार गर्दै सडकमा निर्घात् कुटेका हुन् ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  १ : ४२ बजे

वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन थोमसलाई

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

पाटन– कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल

सहकारी प्रकरणमा मुछिएकी आफ्नै सांसदमाथि छानबिन गर्न राप्रपाको माग

काठमाडौं– राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी आफ्नी

मार्तडी–कोल्टी सडकमा बस सञ्चालनको अस्थायी अनुमति

बाजुरा– जिल्लाको पूर्वी तथा उत्तरी भेगमा बस सेवा सञ्चालन गर्न