संविधानअनुसार नै संसद विघटनविरुद्धको मुद्दामा फैसला हुनेछ : वरिष्ठ अधिवक्ता भट्टराई | Khabarhub Khabarhub

संविधानअनुसार नै संसद विघटनविरुद्धको मुद्दामा फैसला हुनेछ : वरिष्ठ अधिवक्ता भट्टराई


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले सर्वोच्च अदालतले संविधानअनुसार नै प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा फैसला गर्ने विश्वास व्यक्त गरेका छन ।

शनिबार रिपोटर्स क्लब नेपालको साक्षात्कारमा उहाले सर्वोच्च अदालतबाट विश्व जगतलाई नै आश्चर्यमा पार्नेगरी बलपूर्वक व्याख्या नहुने बरु सरल र सहज व्याख्या हुनेछ भन्ने विश्वास रहेको उनले धारणा राखे ।

उनले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको फैसला आगामी फागुन १२ गतेदेखि फागुन १५ गतेसम्म आउने पनि बताए ।

अधिवक्ता भट्टराईले गत पुष १८ पछिको नेपालको शासन सञ्चालनलाई अनिर्वाचित सत्ताद्धारा भैरहेको शासनको संज्ञा दिए । वैशाख १७ र वैशाख २७ गतेको निर्वाचन गर्नको लागि घोषणा नगरिएको पनि उनले दाबी गरे ।

नेकपाभित्रको विवादमा उनले निर्वाचन आयोगले विगतका नजिरलाई आत्मसात् गर्दै निर्णय गर्ने बताए ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ५ : १९ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड