एमाले महाधिवेशन : यी हुन् उपाध्यक्ष र सचिवका प्रतिस्पर्धी (सूचीसहित) | Khabarhub Khabarhub

एमाले महाधिवेशन : यी हुन् उपाध्यक्ष र सचिवका प्रतिस्पर्धी (सूचीसहित)


१३ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निवर्तमान अध्यक्ष केपी ओलीको सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि आन्तरिक प्रतिस्पर्धामा होम्मिएको एमालेमा वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिवसहित ट्रेड युनियन क्लस्टरबाहेक अन्य पदमा निर्वाचन हुने देखिएको छ ।

जसअनुसार ६ जना उपाध्यक्षका लागि सातजना उम्मेदवार छन् । सातजना सचिवका लागि नौजना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।

जसअनुसार उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा ‘बादल’, सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालका बीचमा प्रतिस्पर्धा हुनेछ । भुसालबाहेक अरु सबै निर्वतमान अध्यक्ष ओलीले प्रस्ताव गरेका उपाध्यक्षहरू हुन्, जसमा भुसालले असहमति जनाउँदै उम्मेदवारी दर्ता गराएपछि ती पदमा निर्वाचन हुन लागेको हो ।

यसैगरी सात जना सचिवका लागि टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल बिक, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट, पद्मा अर्याल, भीम आचार्य र टंक कार्कीका बीचमा प्रतिस्पर्धा हुन लागेको हो । आचार्य र कार्कीलाई निवर्तमान अध्यक्ष ओलीले नसमेटेपछि दुवैका नयाँ उम्मेदवारीका कारण सचिवमा प्रतिस्पर्धा हुन लागेको हो ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  २ : २५ बजे

प्रथम महिला सचिव चन्द्रकला किरणको निधन

काठमाडौं – नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको ९४ वर्षको

बुरुन्डीमा बाढीबाट २९ को मृत्यु

नैरोबी – गत वर्षको सेप्टेम्बरदेखि वर्षाको मौसम सुरु भएयता बुरुन्डीमा

रहेनन् प्यूठानका भेलुबाजे

प्यूठान – सामाजिक सञ्जालमा चर्चित प्यूठानका मिनबहादुर बुढा ‘भेलुबाजे’को निधन

प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ : मुख्यमन्त्री यादव

सप्तरी – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश

जिल्ला कारागार सिरहाको अतिक्रमित जग्गा खाली गराउन माग

सिरहा – सिरहा जिल्ला कारागार कार्यालयको करिब तीन कठ्ठा अतिक्रमण