निधिलाई कार्यबाहक सभापति बनाएर देउवा बेलायत प्रस्थान | Khabarhub Khabarhub

निधिलाई कार्यबाहक सभापति बनाएर देउवा बेलायत प्रस्थान


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको कार्यबाहक सभापति विमलेन्द्र निधिलाई तोकेका छन् ।

आगामी कात्तिक १५ र १६ मा बेलायतको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को २६औँ सम्मेलन अन्तर्गतको वर्ल्ड लिडर समिटमा भाग लिन प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवा शुक्रबार बेलायत प्रस्थान गर्दा पार्टी सञ्चालनको जिम्मेवारी उपसभापति निधिलाई दिइएका हुन् ।

कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा १३ बमोजिम स्वदेश नफर्कुञ्जेलसम्म निधिलाई पार्टीको कार्यबाहक सभापति तोकिएको हो ।

प्रधानमन्त्री देउवा नेतृत्वको टोली कार्यक्रम सकेर आगामी १८ गते स्वदेश फर्कने छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  १ : १३ बजे

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा