काबुल विमानस्थलमा अर्को विस्फोट | Khabarhub Khabarhub

काबुल विमानस्थलमा अर्को विस्फोट


१३ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानको राजधानी काबुलमा विस्फोट भएको छ । बीबीसीका पत्रकार सिकन्दर किरमानीले ट्वीट गर्दै काबुल विमानस्थल नजिकै विस्फोटको जानकारी दिएका छन् ।

समाचार एजेन्सी एएफपीले पनि विस्फोटको आवाज सुनिएको बताएको छ ।

आइतबार बिहानमात्र अमेरिकी राष्ट्रपति जो बाइडनले काबुलमा आक्रमण हुन सक्ने चेतावनी दिएका थिए । आइतबार भएको यो विस्फोटबारे थप विवरणहरु प्राप्त हुन सकेका छैनन् ।

गत विहीबार पनि काबुल विमानस्थल नजिकै दुईवटा आत्मघाति बम विस्फोट गराइएको थियो । सो आक्रमणमा १३ जना अमेरिकी सैनिकसहित कम्तिमा १७० जनाको मृत्यु भएको थियो ।

 

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  ७ : १९ बजे

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २७ गते बिहीबार सन्

लखनउमाथि हैदरावाद १० विकेटले विजयी : ऐतिहासिक जितमा बने धेरै रेकर्ड

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २७ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख २७ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २७ गते बिहीबार तदनुसार

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार