कोरोनाको तेस्रो लहरसँग जुध्ने रणनीति बनाउन सरकारलाई निर्देशन | Khabarhub Khabarhub

कोरोनाको तेस्रो लहरसँग जुध्ने रणनीति बनाउन सरकारलाई निर्देशन


१४ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले सम्भावित कोरोनाको तेस्रो महामारीसँग लड्न आवश्यक तयारीमा लाग्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बिहीबार बसेको बैठकले सम्भावित कोरोनाको तेस्रो महामारीको तयारीसहित छिटो भन्दा छिटो परिणामदायी रणनीति बनाउन सरकारलाई निर्देशन दिएको हो ।

आवश्यक भौतिक संरचना र उपकरण, खोप लगाएका व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिइएको समिति सभापति निरुदेवी पालले जानकारी दिइन ।

विभिन्न मुलुकमा बालबालिकालाई कोरोनाको खोप लगाइसकेको अवस्थामा नेपालमा पनि बालबालिकालाई प्रयोग गर्न मिल्ने खोपको व्यवस्था र स्थानीय तहमा समेत महिला तथा बालबालिकामैत्री क्वारेन्टाइनको तयारी गर्न पनि निर्देशन दिएको उनले बताइन ।

उनले कोरोना उपचारका लागि बालबालिका विशेषज्ञ चिकित्सकको उचित व्यवस्थापन गर्न र अनिवार्य रुपमा खटाइएको क्षेत्रमा जाने वातावरण बनाउन पनि मन्त्रालयलाई निर्देशन दिइन ।

त्यस्तै कोरोना संक्रमित बालबालिकाको उपचारमा कुनै कमि हुन नदिन र कोरोनाका कारण अनाथ हुन पुगेका बालबालिकाहरुलाई अनिवार्य रुपमा संरक्षण र व्यवस्थापन गर्न मन्त्रिपरिषद्को कार्यालय तथा स्वास्थ्य मन्त्रालयलाइ निर्देशन दिइएको समिति सभापति पालले बताइन ।

बैठकमा समिति सदस्यहरूले सम्भावित तेस्रो लहरबाट बालबालिकाबाट जोगाउन सरकार गम्भीर रुपमा लाग्नुपर्ने सुझाव दिए । उनीहरूले प्रयाप्त भेन्टिलेटर लगाएत स्वास्थ्य उपकरणको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएका थिए ।

बैठकमा राष्ट्रिय बाल अधिकार परिषदका कार्यकारिणी निर्देशक डा. मिलनराज धरेलले हालसम्म ५४ हजार ४६० जना बालबालिकामा कोरोना संक्रमण देखिएको बताए ।

उनका अनुसार कोरोनाको पहिलो लहरमा २१ हजार ५२३ बालबलिका संक्रमित भएका थिए । साथै, दोस्रो लहरमा ३२ हजार ९३७ जना बालबालिकामा संक्रमण देखिएको छ । दोस्रो लहरमा संक्रमण पुष्टि भएकामध्ये २९ हजार ७७७ जना निको भएका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार  ३ : ०९ बजे

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला

बझाङका तीन केन्द्रको मतपेटिका हेलिकप्टरबाट संकलन गरिने

काठमाडौं । बझाङ प्रदेश सभा १ को उपनिर्वाचन पनि शान्तिपूर्ण