टोकियो ओलम्पिकमा चीनले बनायो विश्व कीर्तिमान | Khabarhub Khabarhub

टोकियो ओलम्पिकमा चीनले बनायो विश्व कीर्तिमान


१४ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जारी टोकियो ओलम्पिकमा चीनले नयाँ कीर्तिमान बनाएको छ । चीनले पौडीको महिला ४ गुणा २०० मिटर फ्रिस्टाइलमा विश्व कीर्तिमानसहित स्वर्णपदक जितेको हो ।

बिहीबार चीनले ७:४०.३३ मिनेटको समय निकाल्दै विश्व कीर्तिमानसहित स्वर्ण जितेको हो । टोकियो एक्वेटिक सेन्टरमा जितेको यस स्वर्णले चीनलाई पदक तालिकामा शीर्ष स्थानमा समेत पुर्‍याएको छ । यस स्पर्धामा यसअघि अष्ट्रेलियाले ७:४१.५० मिनेटको कीर्तिमान बनाएको थियो ।

याङ जुनछुवान, ताङ मुहान, झाङ युफी र ली बिङजी रहेको चिनियाँ टोलीले अमेरिकालाई पछि पार्दै स्वर्ण जितेको हो । अमेरिकाले ७:४०.७३ मिनेटसहित रजत जित्दा अष्ट्रेलियाले ७:४१.२९ मिनेटसहित कास्यपदक जितेको छ ।

ओलम्पिकमा चीन हाल १४ स्वर्णसहित तालिकाको शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको जापानको १३ स्वर्ण छ ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार  १ : ४१ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २२ गते शनिबार सन् २०२४

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय