मैलुङखोला जलविद्युतको आईपीओ बिक्री खुला | Khabarhub Khabarhub

मैलुङखोला जलविद्युतको आईपीओ बिक्री खुला


१४ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मैलुङखोला जलविद्युत कम्पनी लिमिटेडले आज (साउन १४ गतेबाट) सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ ।

कम्पनीले ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको हो ।

प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ दरका कुल ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासन गरेको छ ।

कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने १४ हजार ७ सय २६ कित्ता कम्पनीका कर्मचारी र ५ प्रतिशतले हुन आउने ३६ हजार ८ सय १४ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ६ लाख ८४ हजार ७ सय ४६ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने छन् ।

सर्वसाधारणले न्यूनतम १० र अधिकतममा १ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन् ।

यो आईपीओमा छिटोमा साउन १८ गते र ढिलोमा साउन २८ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ । धितोपत्र बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार  ११ : ५९ बजे

व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी

अत्तरिया– कैलालीमा व्यावसायिक तरकारी खेतीमा किसानले जोड दिन थालेका छन्

प्रधानमन्त्रीको दाबी : यो सरकारले देश र जनताको हितमा ऐतिहासिक काम गरेको छ

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको पक्षमा सरकारले

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौं महानगर

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक लाख बीमितको

बृखबहादुरको ९०औँ बर्थडे : करोडको जग्गा दान

सुनसरी– धरान १४ विजयपुर बस्ने बृखबहादुर डंगोलले आफ्नो ९०औँ जन्म

नेकपा एमाले पर्साको अध्यक्षमा शर्मा

वीरगञ्ज– नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्सा जिल्लाको अध्यक्षमा डा विश्वम्भर