ओमानले नेपालबाट दक्ष स्वास्थ्यकर्मी लैजाने | Khabarhub Khabarhub

ओमानले नेपालबाट दक्ष स्वास्थ्यकर्मी लैजाने


१४ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- नेपालीहरुको श्रम गन्तव्यमध्येको एक खाडी मुलुक ओमानले नेपालबाट दक्ष स्वास्थ्यकर्मी लैजाने भएको छ ।

ओमानका लागि नेपाली राजदूत सर्मीला पराजुली ढकाल र त्यहाँका श्रम मन्त्रालयका सचिव शेख नासेर विन अमिर अल होस्नीबीच भएको द्विपक्षीय भेटवार्तामा ओमानले दक्ष स्वास्थ्यकर्मी लैजाने इच्छा गरेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

भेटमा राजदूत ढकालले नेपाल र ओमानबीच सम्पन्न हुने क्रममा रहेको द्विपक्षीय श्रम सम्झौताको पछिल्लो अवस्था तथा हस्ताक्षर प्रक्रिया, दूतावासबाट गरिने भिसा प्रमाणीकरणमा परेको जटिलताको सहजीकरण गरिदिन आग्रह गरेकी थिइन् ।

नेपालबाट ओमानमा दक्ष स्वास्थ्यकर्मीहरू उपलब्ध गराउन सकिनेलगायत श्रम कूटनीतिका विविध विषयमा आफ्नो धारणा राखेको राजदूत ढकालले बताइन् ।

सचिव शेख नासेरले पनि श्रम सम्झौतामा भएको पछिल्लो प्रगतिको जानकारी गराउँदै कोरोना महामारी (कोभिड-१९ ) ले व्यावसायिक क्षेत्रमा थप जटिलता निम्त्याएकोले श्रम सम्बन्धी विषयहरूमा एक अर्को पक्षसँग सहकार्य गर्दै समस्त श्रमिक बर्गहरूलाई हित हुने कार्य गर्नुपर्ने बताएका थिए ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार  १० : ४० बजे

हजारौं कर्मचारी कटौती गर्ने योजनामा चिनियाँ प्राविधिक कम्पनी

चीन । चिनियाँ प्रविधिको क्षेत्रमा संकट देखिएको छ । प्रविधिको

प्रथम महिला सचिव चन्द्रकला किरणको निधन

काठमाडौं – नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको ९४ वर्षको

बुरुन्डीमा बाढीबाट २९ को मृत्यु

नैरोबी – गत वर्षको सेप्टेम्बरदेखि वर्षाको मौसम सुरु भएयता बुरुन्डीमा

रहेनन् प्यूठानका भेलुबाजे

प्यूठान – सामाजिक सञ्जालमा चर्चित प्यूठानका मिनबहादुर बुढा ‘भेलुबाजे’को निधन

प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ : मुख्यमन्त्री यादव

सप्तरी – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश