गायक आशिषद्वारा स्वास्थ्य सामाग्री सहयोग | Khabarhub Khabarhub

गायक आशिषद्वारा स्वास्थ्य सामाग्री सहयोग


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–चीनमा रहेका गायक आशिष सचिनले झण्डै साढे दुई लाख बढीको स्वास्थ्य सामग्री सहयोग गरेका छन् । उनले आफूले नेपाल पठाएको सामाग्रीको तस्वीर सामाजिक सञ्जालमा राख्दै ती सामान नेपाल पठाइएको उल्लेख गरेका छन् ।

आशिषले आफ्नो व्यक्तिगत सहयोगमा २ लाख ५५ हजार ८ सय रुपैया बराबरको स्वास्थ्य सामाग्री नेपाल पठाएको जनाएका छन् । स्वास्थ्य सामाग्रीमा अक्सिजन कन्सेन्टरेटर, पिपिइ, ग्लोभ्स, मास्कलगायत छन् ।

‘हाल मेरो केही समयको व्यक्तिगत चीन भ्रमणको दौरानमा थोरै भएपनि एक कलाकार र सचेत नागरिकको स्वास्थ्य सामाग्री चीनबाट नेपाल पठाउन पाउँदा सारै खुसी महशुस गरेको छु । कोरोनालाई नजिकबाट महसुस गर्न नपाए पनि स्वास्थ्य सामाग्री पठाएर थोरै भएपनि दुःखमा साथ दिने कोशिस गरेको छु’, उनले लेखेका छन् ।

आशिष चीन र नेपालको हवाई यात्रा खुलेसँगै नेपाल आउने तयारीमा छन् । ‘पिरिम नलाउने’, ‘गलबन्दी पछ्यौरी’, ‘उनका पानी बादलु’, ‘एक कान दुई कान मैदान’बोलका गीत लोकप्रिय छन् ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  १० : ४५ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र