उन्नतिलाई साधक सम्मान, विदुरलाई पुरस्कार | Khabarhub Khabarhub

उन्नतिलाई साधक सम्मान, विदुरलाई पुरस्कार


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्टार वन इन्टरटेनमेन्टको आयोजना र विलक्षण क्रिएसनको व्यवस्थापनमा राजधानीमा भएको ‘नेपाल म्युजिक एन्ड फेसन अवार्ड २०७७’मा गीतकार उन्नति बोहोरा ‘शिला’लाई ‘आजीवन योगदान गीत साधक सम्मान’बाट सम्मानित गरिएको छ ।

कार्यक्रममा रंग पत्रकार विदुर गिरीलाई १५ हजार रुपैंयाँ राशीको ‘राष्ट्रिय रंग पत्रकारिता पुरस्कार’बाट पुरस्कृत गरिएको छ । नेपालका प्रथम उपराष्ट्रपति परमानन्दले दुवैलाई सम्मान र पुरस्कार प्रदान गरेका थिए ।

गीत र संगीततर्फ ४७ विधामा प्रदान गरिएको अवार्डमा गीत ‘नबोली नबोली’ले सर्वाधिक अवार्ड जितेको थियो । त्यस्तै ‘सर्वाधिक लोकप्रिय गीत’को अवार्ड ‘फुलबुट्टे सारी’ ले पोल्टामा पार्यो ।

यस्तै फेशनतर्फ विभिन्न २२ विधामा अवार्ड प्रदान गरिएको थियो । कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव प्रेमनारायण कँडेललाई ‘राष्टिय सेवा सम्मान’, ब्युटिसियन एवम् रोज ब्युटी पार्लर एन्ड टे«ेनिङ सेन्टरकी अध्यक्ष सोनी कारंजित र ब्युटिसियन शारदा खतिवडालाई ‘सौन्दर्यकला सम्मान’, पत्रकार सूर्य चन्दलाई ‘कोभिडविरुद्धको सामाजिक अभियन्ता सम्मान’ प्रदान गरिएको थियो ।

यस्तै खेलाडी डम्बरबहादुर नेपाली, व्यवसायी विनोद पोखरेल, विकाश श्रेष्ठ, गायक गंगाप्रसाद घिमिरे, समाजसेवी मिलनकुमारी गुरुङ, फिल्मकर्मी रफी शाह, सनमकुमार बैराग, साहित्यकार रामचन्द्र ढकाल, कलाकार रमेश श्रेष्ठ, डा. सन्तोष शर्मा भुषाल, इभेन्ट अर्गनाइजर सानु खान, गीतकार सुरेन्द्र महर्जन (अमर)लाई पनि सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  ५ : १५ बजे

विजयोत्सव मनाउन ओली इलाम जाँदै

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाने

ओलीले दिए सुहाङलाई बधाइ, भन्छन्– ‘युवालाई अघि बढाउँछौँ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर

आईपीएल : आज लखनउ र मुम्बई भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज लखनउ सुपर जाइनट

शिक्षासहित तीन समितिका बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिका बैठक आज बस्दैछन् । आज

उपप्रधानमन्त्री यादव र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाडौं– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र संयुक्त