आफ्ना नागरिकलाई तत्काल भारत छोड्न अमेरिकाको अपिल | Khabarhub Khabarhub

आफ्ना नागरिकलाई तत्काल भारत छोड्न अमेरिकाको अपिल


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— अमेरिकाले आफ्ना नागरिकलाई तत्काल भारत छोड्न भनेको छ ।

भारतमा तीव्र रुपमा कोरोना भाइरस संक्रमण फैलिँदै गएको भन्दै अमेरिकाले एक एड्भाइजरी जारी गरेको हो ।

भारतमा कोरोना महामारीको संकट गम्भीर अवस्थामा पुगेको र स्वास्थ्य उपचारको सेवा समेत प्रभावकारी बन्न नसकेको अमेरिकाले जनाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनासँग लड्नका लागि भारतलाई थुप्रै किसिमको सहयोग गर्ने घोषणा पनि गरेका छन् । यद्यपि, अमेरिकाले आफ्ना नागरिकका लागि यस किसिमको एड्भाइजरी जारी गरेको हो ।

अमेरिकी विदेश मन्त्रालयले स्वास्थ्य सतर्कता सम्बन्धी सूचना जारी गर्दै भारतमा कोरोनाको नयाँ भेरिएन्ट तथा यसबाट भइरहेको मृत्युको तथ्यांकले हरेक दिन रकर्ड तोडेको र परीक्षणको सुविधा पनि सीमित रहेको जनाएको छ ।

एड्भाइजरीमा भनिएको छ, ‘कोभिडको बढ्दो संक्रमणका कारण स्वास्थ्य सुविधा नाजुक अवस्थामा पुगेको छ । त्यसैले अमेरिकी नागरिक भारतबाट आउने हवाइ उडानमार्फत सिधैँ स्वदेश फर्किनू ।’

सिधैँ उडानमार्फत अमेरिका फर्किन भन्दै अमेरिकाले पेरिस र फ्रान्कफ्रुट हुँदै पनि फर्किन सकिने जनाएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  ३ : ३० बजे

तातो हावा ‘लू’ ले जनजीवन कष्टकर

खजुरा– अत्यधिक गर्मी र तातो हावा ‘लू’का कारण बाँकेको जनजीवन

बालुवाटारबाट फर्किए उपेन्द्र, बालकुमारीमा नयाँ रणनीति बनाउँदै

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको रहेको छ ।

साउदी लिगमा अल हिलालको अपराजित यात्रा कायमै

काठमाडौं– साउदी प्रो लिगमा अल-हिलालको अपराजित यात्रा कायम रहेको छ

सन्धिखर्कका किसानलाई कफीखेती तालिम

अर्घाखाँची– सन्धिखर्क नगरपालिका–१० धरम्पानीमा व्यावसायिक कफीखेती गर्ने किसानलाई एकदिने कफीखेतीसम्बन्धी