भारतले यूएनको सहयोग नलिने | Khabarhub Khabarhub

भारतले यूएनको सहयोग नलिने


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— भारत सरकारले कोभिड–१९ विरुद्ध लड्न संयुक्त राष्ट्र संघ (यूएन)ले गरेको सहयोगको प्रस्ताव अस्वीकार गरेको छ ।

दुई दिन अघि राष्ट्र संघको आमसभाले कोरोना महामारीविरुद्ध लड्न भारतलाई सहयोग गर्न आवश्यक रहेको भन्दै सहयोगको प्रस्ताव गरेको थियो ।

कोरोना संक्रमणका कारण हाल भारतको अवस्था निकै जटिल भएको भन्दै राष्ट्र संघले सघाउने जनाएको थियो ।

तर, राष्ट्र संघका प्रमुख एन्टोनियो गुटेरसका उपप्रवक्ता फरहान हकका अनुसार भारतले सहयोगको प्रस्ताव अस्वीकार गरेको जनाएको समाचार एजेन्सी पीटीआईले उल्लेख गरेको छ ।

कोभिडसँग सम्बन्धित सामानहरुको आपुर्तिका लागि आवश्यक सहयोग गर्न राष्ट्र संघ तयार रहेको राष्ट्र संघले जनाएको थियो ।

– बीबीसी

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  २ : ५९ बजे

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी

चिनियाँ राजदूत झी सहभागी कार्यक्रममा विरोध प्रदर्शन

ताइवान – ताइवानी र तिब्बती विद्यार्थीहरूले संयुक्त राज्य अमेरिकाका लागि

पर्यटकको आकर्षण बन्दै गुरुङगाउँको ‘अम्बोटे होमस्टे’

धादिङ – धादिङ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–३ गुम्दीस्थित गुरुङगाउँको

सहकारी समस्या समाधान गर्न पूर्वन्यायाधीश गौतम नेतृत्वको समिति

काठमाडौं- सरकारले समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको अध्यक्षमा