सम्बन्धविच्छेदको कागजपत्र खोज्दै कपूर परिवार | Khabarhub Khabarhub

सम्बन्धविच्छेदको कागजपत्र खोज्दै कपूर परिवार


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउडको सबैभन्दा पुरानो परिवारमध्ये एक कपूर परिवारमा गत वर्ष एकै वर्ष दुईजनाको निधन भयो । त्यसमा एक ऋषि कपूर थिए र अर्का उनका सानो भाइ राजीव कपुर थिए ।

यी दुई दुःखलाई झेलिरहँदा यो परिवारमा एउटा अर्को नयाँ तनाव सुरु भएको छ । एबीपी लाइभमा प्रकाशित समाचारअनुसार यो तनाव राजीवको सम्पत्तिको हकलाई लिएर हो । किनकी कपूर परिवारका कोही पनि सदस्यलाई राजीवको सम्बन्धविच्छेदको कागजात कहाँ छ भन्ने कुराको जानकारी छैन ।

राजीवको गत फेब्रुअरी ९ मा हृदयघातका कारण निधन भएको थियो । जसको दुई महिना पछि उनका ठूलो दाई रणधीर कपूर र उनकी बहिनी रीमा जैन राजीवको सम्पत्तिमाथि हकदाबी गर्न बम्बई हाइ कोर्टमा अपिल गरेका थिए ।

तर अदालतले राजीवको सम्बन्धविच्छेदको कागजात ल्याउन आदेश दिएपछि उनीहरु त्यो कागजातको खोजीमा जुटेका छन् । कार्टको आदेशपछि रणधीरले आफूहरुसँग सम्बन्धविच्छेदको कागज नभएको बताएका छन् ।

राजीवले सन् २००१ मा आरती सभरवाल नामकी महिलासँग विवाह गरेका थिए र उनीहरुको सन् २००३ मा सम्बन्धविच्छेद भएको थियो ।

कपूर परिवारका वकिलले उनीहरुको सम्बन्धविच्छेद कुनै पारिवारिक अदालतमा भएको र त्यो अदालत कहाँ छ भन्ने खोजी भइरहेको दाबी गरेका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  १ : ५९ बजे

विजयोत्सव मनाउन ओली इलाम जाँदै

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाने

ओलीले दिए सुहाङलाई बधाइ, भन्छन्– ‘युवालाई अघि बढाउँछौँ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर

आईपीएल : आज लखनउ र मुम्बई भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज लखनउ सुपर जाइनट

शिक्षासहित तीन समितिका बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिका बैठक आज बस्दैछन् । आज

उपप्रधानमन्त्री यादव र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाडौं– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र संयुक्त