भेन्टिलेटरको बिरामीलाई खैनीको मोह | Khabarhub Khabarhub

भेन्टिलेटरको बिरामीलाई खैनीको मोह


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिले विश्वमा पूनः कोरोनाको महामारीले भयावह रुप लिएको छ । अझ भारतमा त यसको प्रकोप हदैसम्म बढेको छ । भारतमा बिरामीले अक्सिजन र हस्पिटल बेड नयाँ पाएका समाचारले विश्वको ध्यान तानिरहेको छ । तर यसैबीच भारतका एक कोरोना संक्रमितको हर्कत भाइरल बनेको छ ।

सामाजिक सञ्जालमा पोष्ट भएको एक भिडियोमा एक कोरोना संक्रमित गम्भिर अवस्थामा भेन्टिलेटरमा छन् । उनको मुखमा अक्सिजन पाइप लागेको छ । उनको उपचारमा तीन जना नर्स सक्रिय छन् । तर गम्भिर अवस्थामा रहेका ती बिरामी भने हातमा सुर्ति माडिरहेका थिए ।

भेन्टिलेटरमा नाजुक अवस्थामा रहेका ती संक्रमितको यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । उनमा सुर्तीजन्य पर्दाथको सेवनको लत थियो । तर संक्रमित बनेपछि उनको गम्भिर अवस्थाका कारण भेन्टिलेटरमा भर्ना गरियो ।

लत त लतै हो, उनी मुखमा अक्सिजन पाइप लगाएर उपचाररत रहेपनि हातमा खैनी माडेको झै माडेर यसको अनुभुतीले आफ्नो तलतल मेटाउदै थिए । तर हातमा खैनी भने थिएन । केवल उनी यसको अनुभुति मात्र गरिरहेका थिए ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  १२ : ५२ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको