तुलसीलाई किन सुक्न नदिने ? | Khabarhub Khabarhub

तुलसीलाई किन सुक्न नदिने ?


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वास्तुशास्त्र अनुसार घर र अफिसमा साना बोटविरुवा लगाउनु शुभ मानिन्छ । यसले वातावरण हरियाली पार्ने मात्र होइन सकारात्मक ऊर्जा सञ्चार गरी घर र कार्यक्षेत्रमा सुख–शान्ति र समृद्धि बनाउने मान्यता छ ।

हिन्दू धर्ममा बोटविरुवाको पूजाको खास महत्व छ । ज्योतिषशास्त्रमा पनि बोटबिरुवाको सम्बन्ध बुध ग्रहसंग हुने मान्यता छ । घर वा कार्यस्थलमा बोटबिरुवा भए सुख, सौभाग्य पाउने विश्वास गरीन्छ भने यी ओइलाएमा अशुभ संकेतको प्रतिक मानिन्छ । कुन विरुवा सुके वा ओइलाए के मानिन्छ ?

१. तुलसी
घरमा रोपेका बोटविरुवाको स्याहार वा पानी हाल्न भुलेमा यो सुक्ने गर्दछ । तर नियमित रुपमा पानी हालेर पनि घरमा रोपेको तुलसीको बिरुवा सुक्न थाल्यो भने यो माता लक्ष्मी रुष्ट भएको र घरमा धनको हानी हुने संकेतको रुपमा मानिन्छ । तसर्थ तुलसीलाई सुक्न दिनु हुदैन । यदि सुकेमा यसलाई तुरुन्त हटाउनु पर्दछ ।

२. मनी प्लान्ट
भगवान गणेशको दिशा मानिने भएकाले वास्तुशास्त्र अनुसार घरको दक्षिण पूर्वी दिशामा मनी प्लान्ट रोप्नु पर्दछ । यसो गरेमा मनी प्लान्टकै कारण घरमा धनको कमी नहुने र सुखशान्ति बनीरहने मान्यता छ । तर मनि प्लान्ट ओइलाए वा सूकेमा भने धनको अभाव शुरु हुने विश्वास गरीन्छ ।

३. समी
समीको बिरुवा शनिदेवलाई प्रिय मानिन्छ । मान्यता अनुसार शनि ग्रहसंग सरोकारीत समस्याबाट छुटकारा पाउन समीको बिरुवा रोप्नु राम्रो मानिन्छ । साथै धार्मीक मान्यता अनुसार भगवान शिवलाई पनि समी प्रिय छ । तर समीको बिरुवा सुकेमा वा ओइलाएमा शनिको खराब स्थिति वा शिव रुष्ट भएको संकेत मानिन्छ । त्यसैले यो बिरुवा सुक्न दिनु हुदैन ।

४. अशोक
वास्तुशास्त्रमा अशोकको बिरुवाले सकारात्मक ऊर्जा दिने धार्मीक विश्वास छ । त्यसैले मानिसहरु घरको आगनमा अशोकको बिरुवा रोप्ने गर्दछन् । यस्तोमा यो रुख सुक्नु वा ओइलाएमा घरको शान्ति भंग हुने संकेत मानिन्छ । त्यसैले यसलाई सुक्न दिनु हुदैन ।

५. आँप
हिन्दू धर्ममा आँपको रुखलाई अत्यन्त पवित्र मानिन्छ । यसको प्रयोग धेरै धार्मीक कार्यमा समेत गरीन्छ । त्यसैले आँपको बिरुवा सुक्नु वा ओइलाएमा भविष्यमा आउने संकटको संकेत गर्दछ ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  १० : २५ बजे

भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द

नयाँ दिल्ली– भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भारी वर्षा र चट्याङसहितको

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सर्‍यो

काठमाडौं– नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सरेको छ ।

नेप्से १५.६२ अंकले घट्यो, कारोबारमा पनि गिरावट

काठमाडौं– आज सोमबार नेपाल स्टक एक्चेञ्ज (नेप्से) १५.६२ अंकले घटेको

कांग्रेस, आपूर्ति तथा उपभोक्ता विभागको सदस्यमा १० सदस्य मनोनयन

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७

पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

कास्की– पोखरा महानगरपालिका-१८ खपौदीस्थित फेवातालबाट गएको पानीको नालामा डुबेर सोही