आफ्नो अन्तर्राष्ट्रिय सम्बन्धमा हस्तक्षेप नगर्न चीनलाई ताइवानको चेतावनी | Khabarhub Khabarhub

आफ्नो अन्तर्राष्ट्रिय सम्बन्धमा हस्तक्षेप नगर्न चीनलाई ताइवानको चेतावनी


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताइपेइ- ताइवानले कुनै पनि मुलुकसँग सम्बन्ध कायम गर्न आफू स्वतन्त्र रहेको र यसमा हस्तक्षेप नगर्न चीनलाई चेतावनी दिएको छ ।

कुनै पनि मुलुकसँग सम्बन्ध कायम गर्न आफू स्वतन्त्र मुलुक रहेको ताइवानको विदेश मन्त्रालयले बताएको बताएको छ । साथै अन्य मुलुकसँग ताइवानको सम्बन्धमाथि हस्तक्षेप गर्न चीनको कुनै अधिकार नरहेको पनि विदेश मन्त्रालयले प्रष्ट पारेको छ ।

अमेरिकाले ताइवानमा पृथकतावादी गतिबिधिमा सहयोग रोक्नु पर्ने चिनियाँ विदेशमन्त्री वाङ यीको टिप्पणीपछि ताइवानको यस्तो भनाइ सार्वजनिक भएको हो ।

वाङ ले अमेरिकाले चीनको राजनीतिक प्रणालीमा चासो नदिन र ताइवानको स्वतन्त्रताका लागि पृथकतावादी गतिबिधिलाई सहयोग रोक्नुपर्ने टिप्पणी गरेका थिए ।

चीनको यस्तो टिपपणीपछि ताइवान विदेश मन्त्रालयले अन्य मुलुकहरुसँग ताईवानको सम्बन्धमा हस्तक्षेप गर्न चीनको कुनै अधिकार नरहेको र ताइवानमा लोकतान्त्रिक रुपमा निर्वाचित सरकारले मात्र अन्तर्राष्ट्रिय स्तरमा जनताको प्रतिनिधित्व गर्ने बताएको हो ।

विश्वमा ताइवानको उपस्थितीलाई चीनको दमनले कुनै फरक नपर्ने विदेश मन्त्रालयको भनाइ छ ।

स्रोत जस्ट अर्थ न्युज

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  १० : ५५ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २२ गते शनिबार सन् २०२४

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय