घाइते सहचालकलाई कालीगण्डकीमा फाल्ने चालक पक्राउ | Khabarhub Khabarhub

घाइते सहचालकलाई कालीगण्डकीमा फाल्ने चालक पक्राउ


१६ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वालिङ – घाइते सहचालकलाई कालीगण्डकी नदीमा फाल्ने चालक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले उनलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ट्रयाक्टरबाट खसेर घाइते भएका १९ वर्षीय सहचालक गणेश गाहालाई कालीगण्डकी नदीमा फालेर फरार रहेका चालक गल्याङ–८ बंग्राती बस्ने २७ वर्षीय अमित परियारलाई पक्राउ गरी सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताए ।

यही चैत ५ गते राति ८ बजेको समयमा गल्याङ–९ स्थित कालीगण्डकी नदीको साँखरघाटबाट बालुवा लिएर आउँदै गरेको ट्रयाक्टरमा रहेका तीन जनामध्ये एकजना खसेपछि सोही ट्रयाक्टरले किचेर घाइते भएका सहचालक रानालाई पुनः कालीगण्डकीमा लगेर बगाइदिएका थिए ।

उक्त घटनाका प्रमुख प्रतिवादी ट्रयाक्टर चालक परियार श्रीमती र छोरीसहित भारततर्फ भाग्न लागेको अवस्थामा वडा प्रहरी कार्यालय वालिङले रुपन्देहीको बेलहिया नाकाबाट शुक्रबार पक्राउ गरेको थियो ।

पक्राउ परेका चालक परियारलाई आज स्याङ्जा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता अधिकारीले बताए ।

सोही घटना संलग्न ट्रयाक्टरका अर्का सहचालक गल्याङ–८ बंग्रातीका २१ वर्षीय सुनिल राना चैत ८ गते पक्राउ परेका थिए । घटनास्थलबाट प्रहरीले मृतकको एकजोर चप्पल तथा रगत लागेको ढुङ्गासहित अस्थायी नम्बर प्लेट लुअफ १०१२ ट्रयाक्टरलाई नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  १० : ५९ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र