ललिता निवास प्रकरण : नेपाल र भट्टराई नेतृत्वको सरकारले गरेका निर्णय झिकाउन सर्वोच्चको आदेश | Khabarhub Khabarhub

ललिता निवास प्रकरण : नेपाल र भट्टराई नेतृत्वको सरकारले गरेका निर्णय झिकाउन सर्वोच्चको आदेश


१६ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणबारे माधवकुमार नेपाल र डाक्टर बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद्ले गरेको निर्णय झिकाउने आदेश गरेको छ ।

न्यायाधीशद्वय अनिलकुमार सिन्हा र हरि फुयालको इजलाशले पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराई नेतृत्वले गरेको निर्णयको सक्कल निर्णय झिकाउने आदेश सुनाएको हो ।

ललित निवास प्रकरणमा पूर्वप्राधनमन्त्रीहरू नेपाल र भट्टराईविरुद्ध समेत मुद्दा चलाउन माग गर्दै अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्चमा रिट दायर गरेका थिए । भट्टराईको रिट २०७६ माघ २९ मा दर्ता भएको थियो ।

यसअघि, यही मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले २०७६ साल फागुन २ गते कारण देखाउ र अग्राधिकार दिने आदेश जारी गरेका थिए ।

त्यसको एकवर्षपछि गत फागुन २ गते नै न्यायाधीशद्वय डाक्टर आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको इजलाशले प्रमाण झिकाउने आदेश जारी गरेको थियो ।

यस्तो छ आदेश

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ३ : ५९ बजे

राष्ट्रपतिकहाँ काठमाडौं उपत्यकाका जनप्रतिनिधि, सुनिता जाँदा गएनन् बालेन्द्र

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँ उपत्यकालाई स्वच्छ, सफा, सुन्दर र

आजका समाचार : अशोक राईको पार्टी दर्तादेखि एकीकृत समाजवादीले सरकार नछाड्नेसम्म

सभामुखबाट मुख्य दलका शीर्ष नेताहरुको बैठक आह्वान सभामुखले देवराज घिमिरेले

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले ऊर्जा, जलस्रोत तथा

टुँडिखेलमा बेरोजगारलाई थरीथरीका ‘अफर’

काठमाडौं– टन्टलापुर घाममा काठमाडौंको टुँडिखेलमा हातमा कागजको टुक्रा बोकेर लाइनमा