स्वेज नहरमा अड्किएको कार्गो पानीजहाजलाई किनारामा सारियो | Khabarhub Khabarhub

स्वेज नहरमा अड्किएको कार्गो पानीजहाजलाई किनारामा सारियो


१६ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इजिप्ट – स्वेज नहरको एक किनारामा धसिएर अरु जहाजको आवातजावत नै बन्द गराएको एउटा विशाल कार्गो पानीजहाजलाई इन्जिनियरहरूले बल्लतल्ल मूल जलमार्गतर्फ नै आंशिक रुपमा सार्न सफल भएका छन् ।

नहरको रेखदेख गर्ने निकायले उक्त जहाजलाई कहिले मूल जलमार्गमा छाडिनेछ भन्ने विस्तृत विवरण भने दिएका छैनन् ।

म्यारिन–ट्राफिक डट कमले सार्वजनिक गरेको भूउपग्रहीय तस्वीरमा एक किनारामा धस्सिएको जहाजलाई जलमार्गतर्फ धकेल्न सफलता प्राप्त भएको देखिएको छ ।

झण्डै एक साताअघि विशाल आकारको एभर गिभेन नामको कार्गो पानीजहाज स्वेज नहरको आवातजावत नै रोक्ने गरी किनारालाई छोएर अड्किएको थियो । यसबाट नहरमा ट्राफिक जामको स्थिति उत्पन्न भएको थियो । एक तथ्यांक अनुसार, विश्वको कूल व्यापारको झण्डै ९ अर्ब डलर बराबरको सामान यही नहरको मार्ग हुँदै दैनिक आवातजावत हुने गर्दछ ।

यस नहरको जलमार्गबाट दैनिक कम्तीमा ३६७ वटा कार्गो पानीजहाज ओहोरदोहोर गर्दछन् । यसमा कच्चा तेलदेखि गाईवस्तु समेतका सामानको ढुवानी हुने गर्दछ । यो जलमार्ग बन्द भएपछि अन्य जहाजहरु अफ्रिकाको दक्षिणी भेगहुँदै घुमाउरो जलमार्ग प्रयोग गर्न बाध्य भएका थिए ।

एभर गिभेनलाई सोझो बनाउन १० वटा टगबोट प्रयोग गरिएको लेह एजेन्सीजले जनाएको छ । एजेन्सीजले पानीको सतहलाई पनि बढाएर दिनरात काम गरेको थियो ।

विशाल पानीजहाज एभर गिभेन करिब ४०० मिटर लामो छ भने यो दुई लाख २० हजार टन वजनको छ । यस जहाजलाई जलक्षेत्रमा पुनः फर्काउन जहाजमा रहेका करिब २० हजार कन्टेनर झिक्नु परेको थियो । (रासस–एपी)

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ४ : १३ बजे

‘रायो’ साग बेचेर लाखौँ कमाइ

गलकोट– गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट भरिभराउ भएर फर्कन्छन् ।

दक्षिणी ब्राजिलमा भीषण वर्षा, ५८ जनाको मृत्यु

काठमाडौं– ब्राजिलको दक्षिणी भागमा भारी वर्षा, बाढी र पहिरोका कारण

सन्दीपबारे रचना रिमाल : दोषी भए सजाय देऊ, निर्दोष भए विश्वकप खेल्न देऊ

काठमाडौं- आइतबार पनि उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेको मुद्दा

यो हो मोबाइलको ब्याट्री चार्ज गर्ने सही तरिका

काठमाडौं–  पछिल्लाे समय अत्याधुनिक प्रविधि तथा अनगिन्ती फिचरहरु थपिँदै जाँदा

एकदिने भ्रमणमा नेपाल आइपुगिन् जापानी विदेशमन्त्री योको

काठमाडौं– जापानकी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार