संविधानको पक्षमा सर्वोच्चमाथि टिप्पणी नगर्ने 'कायर' हुन् : नेता थापा  (भिडियोसहित) | Khabarhub Khabarhub

संविधानको पक्षमा सर्वोच्चमाथि टिप्पणी नगर्ने ‘कायर’ हुन् : नेता थापा  (भिडियोसहित)


१६ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका युवा नेता गगन थापाले अदालतमा विचाराधीन भएको मुद्धामा कांग्रेस बोलेर पुस ५ गतेको संसद विघटन असंवैधानिक भनिसकेको बताएका छन् ।

उनले संविधानको पक्षमा सर्वोच्चमाथि टिप्पणी गर्दा अन्यथा लिन नहुने तर्क गर्दै अदातको बारेमा बोल्दैनौँ भन्नेहरुलाई ‘कायर’को संज्ञा दिए ।

शुक्रबार काठमाडौँ क्षेत्र नम्बर ६ ले आयोजना गरेको प्रतिनिधिसभा विघटन विरुद्ध आयोजना गरेको विरोध सभामा बोल्दै उनले यस्तो बताएका हुन ।

हेरौँ भिडियो

कांग्रेस सभापति शेरबहादुर देउवा पक्षले प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै त्यसबारेमा नबोल्ने बताइरहेका बेला नेता थापाले यस्तो प्रतिक्रिया व्यक्त गरेका हुन्।

नेता थापाले आफूहरु बीपी कोइरालाका कार्यकर्ता भएको बताउँदै प्रतिनिधि सभा विघटनविरुद्ध चुप नबस्ने बताए।

‘केही साथीहरु के भन्नुहुन्छ भने, अदालतका बारेमा बोल्नु हुँदैन। म फेरि भन्छु- बीपी कोइरालाको पार्टीको कार्यकर्ता हौँ हामीहरु र यही बीपी कोइराला हो जसले सर्वोच्च अदालततर्फ हेरेर भन्नुभयो–यो अदालत हो श्रीमान्, न्यायको चार किल्लाभित्र न्यायको हत्या नहोस्, दायाँ–बायाँ, वर–पर नहेर्नुहाेस्, न्याय गर्नुहोस्। विवेक पुर्‍याउनुहोस् । ’

नेता थापाले दुवै हातमा लड्डु खोज्ने कांग्रेसका केही नेताका कारण पार्टीमाथि प्रश्न उठेको बताए। उनले नेपालको संविधानमा बहुमत प्राप्त प्रधानमन्त्रीले संसद भंग गर्न पाउने व्यवस्था नै नरहेको तर्क गरे ।

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  ५ : ५२ बजे

चीनद्वारा सुन्तला मौसमी चेतावनी जारी

बेइजिङ– चीनको मौसम विभागले मंगलबार देशका केही भागमा आँधीबेहरी, असिना

एमालेको विजय जुलुसका सहभागी सवार पिकअप दुर्घटना, १५ जना घाइते

इलाम– इलाम बजारमा मंगलबार आयोजित नेकपा एमालेको विजय जुलुस र

मतदाताको शिर झुक्न दिने छैन : सुहाङ नेम्बाङ

फिक्कल– इलाम क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुहाङ

पहिचानवादीलाई सुहाङले भने : नेपाल इन्द्रेणीको रङ जस्तै हो, सबै जातिको हित हेर्नुपर्छ

काठमाडौं – नेकपा एमाले इलाम क्षेत्र नं २ का नवनिर्वाचित

कमल थापा भन्छन्- ‘राष्ट्रवादी शक्तिहरू एकजुट भएर नयाँ शिराबाट सोच्नुपर्ने समय आयो’

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले सबै राष्ट्रवादी शक्तिहरू एकजुट