पूर्वराजा शाहद्वारा 'माउन्ट केटू' आरोही नेपाली टोलीलाई बधाई | Khabarhub Khabarhub

पूर्वराजा शाहद्वारा ‘माउन्ट केटू’ आरोही नेपाली टोलीलाई बधाई


१६ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्व राजा ज्ञानेन्द्र शाहले हालै विश्वकै दोस्रो अग्लो हिमाल ‘माउन्ट केटू’ को सफलतापूर्वक आरोहण गरी कीर्तिमानी राखेको नेपाली टोलीलाई बधाई दिएका छन् ।

उनले आज एक शुभकामना सन्देश जारी गर्दै सर्वाधिक चीसो मौसममा पनि साहसका साथ गरेको आरोहणको उच्च कदर गरेका छन् ।

‘सर्वाधिक चीसो मौसममा पनि साहसका साथ गरेको त्यो आरोहणमा म हार्दिक बधाई एवम् सम्मानभाव प्रकट गर्दछु । त्यस्तो प्रयत्नबाट विश्वमै नेपाल र नेपालीको प्रतिष्थामा वृद्धि भएको अनुभूति मैले लिएको छु’, उनले बधाई सन्देशमा भनेका छन्- ‘नेपाल विश्वका अनेकौँ उच्चम हिमालको देश हो । अनि अनकौँ साहसी आरोही र पथप्रदर्शक र प्रेरकको मुलुक हो ।’

हालै १० नेपालीले माउन्ट केटू हिमालको आरोहण गरी कीर्तिमानी राखेका थिए ।

शाहद्वारा जारी पत्र

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  ४ : ४५ बजे

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार