बेलायतमा मंगलवारदेखि मास्क अनिवार्य | Khabarhub Khabarhub

बेलायतमा मंगलवारदेखि मास्क अनिवार्य


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन– कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएपछि बेलायतमा सरकारले पसल तथा सार्वजनिक यातायातमा मास्क अनिवार्य गरेको छ । स्वास्थ्यमन्त्री साजिद जावेदले नयाँ ओमिक्रोन भेरियन्टको खतरा बढ्दै गएपछि मंगलबारदेखि बेलायतका पसल र सार्वजनिक यातायातमा जाँदा फेस मास्क प्रयोग गर्नु पर्ने घोषणा गरेका छन् ।

यसअघि प्रधानमन्त्री बोरिस जोनसनले विदेशबाट आउने सबैको पीसीआर परीक्षण गर्नुपर्ने घोषणा पनि गरेका थिए । बेलायतले १० नयाँ रेडलिस्टमा परेका देशहरूबाट आउनेलाई १० दिनसम्म क्वारेन्टाइनमा बस्नु पर्ने नियम लागु गरेको छ । नयाँ कोरोना भाइरसको भेरियन्ट देखा परेपछि सरकारले अफ्रिकाका केही देशबाट उडान रोक्ने निर्णयसमेत गरेको छ । एजेन्सी

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ५ : २० बजे

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २७ गते बिहीबार सन्

लखनउमाथि हैदरावाद १० विकेटले विजयी : ऐतिहासिक जितमा बने धेरै रेकर्ड

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २७ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख २७ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २७ गते बिहीबार तदनुसार

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार