‘ए’ डिभिजन लिग : पहिलो जितको खोजीमा पुलिस र जावलाखेल | Khabarhub Khabarhub

‘ए’ डिभिजन लिग : पहिलो जितको खोजीमा पुलिस र जावलाखेल


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो चरणको तेस्रो दिन आइतबार एक मात्रै खेल हुँदैछ । दशरथ रंगशालामा साँझ पौने ५ बजे सुरु हुने लिगमा ललितपुरको जावलाखेल युथ क्लबले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबको सामना गर्दैछ ।

जारी लिगमा दोस्रो खेल खेल्दै गर्दा दुबै टोली पहिलो जितको खोजीमा हुनेछन् । पहिलो खेलमा जावलाखेल ‘लिग लिडर’ मनाङ मर्स्याङ्दी क्लबसँग १-० अन्तरले पराजित भएको थियो ।

कुलदीप कार्कीको कप्तानीमा रहेको जावलाखेललाई तीन विदेशी खेलाडीको साथ रहनेछ । जावलाखेलका प्रशिक्षक विभागीय पुलिसविरुद्ध खेल्दा टोली गर या मरकोअवस्थामा रहेको र खेलमा जसरी पनि तीन अंक चाहिएको बताउँदै जित्न खेल्ने बताउँछन् ।

‘पुलिससँग ‘गर या मर’ को अवस्थामा छौं । मलाई जसरी पनि तीन अंक चाहिएको छ । त्यसका लागि म जुनसुकै औजार पनि प्रयोग गर्न सक्छु’, केसीले भने ।

यता, पहिलो खेलमा साविक उपविजेता विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी फुटबल क्लबसँग १-१ बराबरीमा रोकिएको पुलिस पहिलो जितको खोजीमा छ । राष्ट्रिय टोलीका नियमित दुई तथा चार सदस्यको साथ रहेको पुलिस जावलाखेललाई हराउँदै तीन अंकको दाउमा छ ।

‘हाम्रो लक्ष्य जावलाखेलविरुद्ध तीन अंक हो । जित्नका लागि मैदान उत्रन्छौं’, नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्तराज थापाले न्युज कारखानासँग भने ।

पुलिस युवा खेलाडी राज बाजीको कप्तानीमा मैदान उत्रनेछ । पुलिसलाई राष्ट्रिय टोलीका सुमन लामा, तेज तामाङसहित अजित भण्डारी र रवि पासवानको साथ छ । अजित भने पहिलो खेलमा चोटका कारण बेच्नमै रहेका थिए ।

यस्तै पुलिसलाई अनुभवी खेलाडी भोला सिलवाल, रविन श्रेष्ठ, जुमानु राई, सुमन सुवेदीलगायत खेलाडीको साथ छ । जारी लिगमा मनाङ मर्स्याङ्दी क्लब लगातार दुई खेल जित्दै शीर्षस्थानमा छ ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ९ : ५० बजे

वैशाख २६ अगाडि एमालेले सोडारीलाई विश्वासको मत नदिने

काठमाडौं–सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई नेकपा एमालेले वैशाख २६ गतेअगाडि विश्वासको

साताको पहिलो दिन नेप्से २४.५८ अंकले घट्यो 

काठमाडौं– साताको पहिलो काराेबार दिन नेपाल स्टक एक्चेञ्ज (नेप्से) २४.५८

बागमती प्रदेशमा ११ हजार डेंगु संक्रमित

बागमती– बागमती प्रदेशमा पछिल्लो समय डेंगु संक्रमितको सङ्ख्या बढ्दै गएको

ग्वार्कोमा आगलागी हुँदा तीन बालबालिकासहित पाँच जना घाइते

काठमाडौं– ललितपुरको ग्वार्कोमा आगलागी हुँदा तीन बालबालिकासहित पाँच जना घाइते

केकीलाई प्रश्न : कपाल मुण्डन किन प्रचारको ‘मसला’ बनेन ?

काठमाडौं– नायिका केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’ नवौँँ दिनमा प्रदर्शनरत