कांग्रेस महाधिवेशन : कास्कीको सभापतिमा बराल विजयी | Khabarhub Khabarhub

कांग्रेस महाधिवेशन : कास्कीको सभापतिमा बराल विजयी


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – नेपाली कांग्रेस कास्कीको सभापतिमा किशोरदत्त बराल निर्वाचित भएका छन् ।

शनिबार राती सम्पन्न मतगणनाबाट निकटतम प्रतिश्पर्धी सुदिपमोहन भट्टराईले ९१५ मत ल्याउँदा बराल ८० मतको फरक ९९५ मतले वियजी भएका हुन् ।

पहिलो चरणमा ५ उम्मेदवार मध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि धेरै मत ल्याएका २ जना अन्तिम प्रतिश्पर्धामा आएका हुन्।

कांग्रेसको विधान अनुसार सभापतिमा निर्वाचित हुन बहुमत प्राप्त गर्नुपर्छ । पहिलो चरणमा पनि बरालले नै सर्बाधिक मत ल्याएका थिए ।

बराल पार्टी सभापति शेरबहादुर देउवा निकट मानिन्छन् भने भट्टराई संस्थापन इतरका हुन् । संस्थापन पक्षको कास्कीमा यो पहिलो जीत हो ।

पदाधिकारी र सदस्यहरुको मतगणना भने जारी छ । मध्यान्नसम्म सबै मतपरिणाम आईसक्ने कांग्रेस कास्कीले जनाएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ९ : ३५ बजे

भात नै पोखिएपछि माडको के आस ?

गुरु द्रोणाचार्यले महाभारत युद्धमा सहादत प्राप्त गरेपछि सेनापति कसलाई बनाउने

विजयोत्सव मनाउन ओली इलाम जाँदै

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाने

ओलीले दिए सुहाङलाई बधाइ, भन्छन्– ‘युवालाई अघि बढाउँछौँ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर

आईपीएल : आज लखनउ र मुम्बई भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज लखनउ सुपर जाइनट

शिक्षासहित तीन समितिका बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिका बैठक आज बस्दैछन् । आज