वीरगञ्जमा पहिलोपटक वायु प्रदूषण मापन | Khabarhub Khabarhub

वीरगञ्जमा पहिलोपटक वायु प्रदूषण मापन


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्जमा वायु प्रदूषण मापन थालिएको छ । अमेरिकी सरकारले अनुदानमा दिएको ‘ब्लुस्काइ डिभाइस’मार्फत पहिलोपटक प्रदूषण मापन सुरु भएको हो । वीरगञ्ज महानगरपालिका वडा नं ३१ स्थित सोलखपुरमा जडान गरिएको ती डिभाइस मार्फत प्रदूषण मापन गर्न थालिएको जनाइएको छ । डिभाइस यहाँको प्रदूषणको मात्रा यकिन गर्ने छ ।

महानगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन महाशाखा प्रमुख इञ्जीनियर सुनिलकुमार कर्णका अनुसार त्रिभुवन विश्वविद्यालयको वातावरण विभागसँग समन्वय गरी ती उपकरण जडान गरिएको हो ।

मुलुकको सबैभन्दा ठूलो पर्सा–बारा औद्योगिक करिडोरको ठूलो हिस्सा यही पर्छ । यहाँका धेरै उद्योगले औद्योगिक प्रदूषण नियन्त्रणका लागि कदम नचालेकाले प्रदूषण बढेको जनगुनासो लामो समयदेखि रहिआएको छ । महानगरमा जनघनत्व उच्च छ । सवारीसाधनको सङ्ख्या पनि बढ्दो छ ।

करिडोर भएर बग्ने सिर्सिया खोलामा उद्योगबाट निस्कने प्रदूषित पानी, रासायनिक पदार्थ, खरानी आदि वस्तु प्रशोधन नगरी फाल्दै आइएको छ । यसबाट पछिल्लो समय सिर्सियासमेत अत्यधिक प्रदूषित बनेको छ ।

शाखाले यसअघि नै महानगर क्षेत्रमा रहेका उद्योगले गर्ने प्रदूषणको मापन गर्ने गृहकार्य सुरु गरिसकेको जनाएको छ । यसका लागि महानगर क्षेत्रमा रहेका उद्योगको लगत सङ्कलन कार्य सम्पन्न भइसकेको इञ्जीनियर कर्णले जानकारी दिए ।

‘वीरगञ्ज उद्योग वाणिज्य सङ्घसँगको समन्वयमा उद्योगले के–कति परिमाणमा हावा, पानी, ध्वनि, धुँवा, धुलो, ताप आदिको प्रदूषण गरिरहेका छन्, त्यसको मूल्याङ्कन भइरहेको छ’, उनले भने । सम्बन्धित उद्योगहरूले प्रदूषण गरेको यकिन भए नियन्त्रणका लागि सुझाव र निर्देशन दिने र अटेर गरे कारबाही गरिने छ ।

उनका अनुसार यहाँ साना, मझौला र ठूला गरी करिब २०० उद्योग सञ्चालनमा छन् । महानगर र त्रिविको संयुक्त विशेषज्ञ टोली प्रत्येक उद्योगमा स्थलगतरूपमै पुगेर त्यहाँबाट भइरहेको वातावरण प्रदूषणको मूल्याङ्कन गर्ने काम गरिरहेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ७ : ४० बजे

मुहान सुकेपछि ट्याङ्करको पानीमा निर्भर

पाँचथर– सुक्खाका कारण खानेपानीको मुहान सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिका–७ का

हुम्लाका युवालाई आधारभूत कम्प्युटर तालिम

हुम्ला– ‘उद्यम गरौँ स्वरोजगार बनौँ, सीप सिकौँ रोजगार बनौँ’ भन्ने

सयको नोटमा चुच्चे नक्साबारे भारतको असन्तुष्टि

काठमाडौं– नेपाल सरकारले एक सय रुपैयाँको नोटमा नयाँ चुच्चे नक्सा

रुस युक्रेन युद्धको मारमा आप्रवासी

युक्रेनमा रुसले आक्रमण गरेको समयमा त्यहाँका स्थानीय थातथलो छोड्न बाध्य

वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ

काभ्रे– वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् ।